काठमाडौँ, मङ्सिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
लामिछाने शुक्रबार राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए। भेटमा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
यसअघि बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति लामिछानेबीच पनि भेटवार्ता भएको थियो।













प्रतिक्रिया दिनुहोस्