काठमाडौं, १२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको हनुमानढोकास्थित नासल चोक डबलीमा प्रदर्शन गरिएको १२ वर्षे नरदेवी श्वेतकाली देवीनाचको अवलोकन गर्नुभएको छ ।
नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजको आयोजनामा भएको देवीनाचको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नासल चोक पुग्नुभएको हो ।
गत मंसिर ९ गते नरदेवीस्थित श्वेतकाली घःछेँबाट सुरु भएको देवीनाच तलेजु भवानी मन्दिर परिसर र कुमारी घरअगाडि समेत प्रदर्शन गरिएको थियो ।
हरेक १२ वर्षमा आयोजना हुने यस परम्परागत देवीनाचमा अजिमा, कुमारी, कुमार, नारायणी, महालक्ष्मी र महादेवसहित १९ देवीदेवताको प्रस्तुति रहने गर्दछ । नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको यस देवीनाचको अन्तिम दिन राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्