काठमाडौं, मंसिर १२ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुहुने भएको छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा आगामी बुधबार बिहान १० बजे उद्घाटन समारोह आयोजना हुने भएको हो । वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा विद्यालय, सुरक्षा निकाय तथा खेलाडीको मार्चपाससहित विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।
आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । खेलाडीका लागि आवास तथा खेलस्थलसम्म आवतजावत गर्न यातायातको व्यवस्था मिलाइएको छ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घको सहभागिता रहेको छ । मंसिर ५ गतेदेखि नै विभिन्न खेल सञ्चालन भइरहेका छन् ।
हालसम्म नेपालगन्जमा पौडी प्रतियोगिता सम्पन्न भइसकेको छ भने सुर्खेतमा क्रिकेट, फुटबल, बास्केटबल, बक्सिङलगायतका खेल सञ्चालन भइरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्