काठमाडौं, मंसिर १२ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।
शनिबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति र पछिल्ला घटनाक्रमबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा छलफल भएका विषयबारे भने थप विवरण सार्वजनिक गरिएको छैन ।













प्रतिक्रिया दिनुहोस्