जनता टाइम्स

२२ पुष २०७६, मंगलवार ०९:०९

वित्तिय साक्षरता तथा उद्यमशिलता विकास विषयक प्रतिक्षणात्मक कार्यक्रम सम्पन्न


काठमाडौं, पुस २२

मोरङको सुन्दर हरैंचा नगरपालिकामा वित्तिय साक्षरता तथा उद्यमशिलता विकास विषयक प्रतिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकामा नेपाल राष्ट्र बैंक र सुयोग मिडिया (जनता टाइम्स) को संयुक्त आयोजनामा ‘वित्तिय साक्षरता तथा सामाजिक उत्तरदायित्व र स्थानिय सरकार’, उद्यमशिलता विकासमा बैंक तथा बिमा संस्थानको सहभागिता’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको अधिकतम परिचालन गर्न कुन क्षेत्रमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने उद्येश्यका साथ यो प्रशिक्षणत्मक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्र बैंकका प्रतिनिधिहरुले वित्तिय साक्षरता सम्बन्धमा पनि प्रशिक्षण दिएका छन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्ह निरौलाको सभापतित्व रहेको कार्यक्रममा सुन्दर हरैंचा नगर प्रमुख शिवराज ढकाल, प्रदेश सांसद राजकुमार ओझा, ज्योति लाईफ इन्स्योरेन्सका प्रदेश–१ का प्रमुख मदन गौतम, नेपाल बैंक लिमिटेडका विराट चोक ब्राञ्च म्यानेजर मधुसुदन पोख्रेल लगायत उद्योग वाणिज्य संघ र विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।