पोखरा, माघ ५
शुक्रबारदेखी अन्नपूर्ण आधार शिविर (एबीसी) क्षेत्रमा हराईरहेका सातजना पदयात्री खोज्न सकस परेको छ । हराईरहेको क्षेत्रमा बाक्लो हिउ रहेका कारण उद्धारमा समस्या आएको प्रहरीले जानकारी दिएको छ ।
पोखराबाट प्रहरी, गाइडहरु पुगे पनि पाँचदेखि सात फिटसम्म हिउँ जमेको कारण उद्धारमा समस्या भएको हो । सम्पर्कविहीन हुने नेपालीहरुमा मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् । त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल (टान) पोखराका सचिव जीवनराम सापकोटाले बताउनु भयो ।
खोजिका लागि प्रहरीले तीनवटा टोलि परिचालन गरेको जनाएको छ । पहिरो क्षेत्रमा जोखिम रहेको र हिम परेकाले अहिलेसम्म पनि उद्धार टोली त्यहाँ पुग्न सकेको छैन । प्रहरीका अनुसार हेलिकोप्टरसमेत त्यस क्षेत्रमा अवतरण गर्न सकेको छैन । बेपत्ता भएका कोरियनहरु नेपालमा स्वयंसेवी शिक्षकका रुपमा कार्यरत रहेको दक्षिण कोरियाको विदेशमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्