काठमाडौं, फागुन ३
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षको कार्यकालपछिको आमनिर्वाचनमा घोषणापत्रमा उल्लेख कुरा पुरा गर्ने घोषणा गर्नुभएको छ । प्रतिनिधिसभालाई सरकारका दुई वर्षे कामका विषयमा जानकारी गराउदै उहाले घोषणापत्रमा व्यक्त गरिएका कुरा पुरा गरेर जनतामा जाने बताउनु भएको हो ।
उहाले पाँच वर्षपछि नेपालीले देख्ने सपना बेग्लै हुने समेत बताउनु भयो । ‘पाँचवर्षको कार्यकाल पुरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणापत्रमार्फत हामीले व्यक्त गरेका प्रतिवद्धताहरु पुरा गर्यो भनेर भन्ने छौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस बेला तपाई हामीले देख्ने सपना अर्कै हुनेछ ।’ उहाले अल्प अवधिको सरकार र पुरा अवधिको सरकारले काम गर्ने तरिका फरक हुने भएकाले केही अनौठो जस्तो लागेको हुनसक्ने पनि बताउनु भयो ।
‘आफ्नै आयु र भविष्यको टुंगो नभएको तथा कमजोर धरातलिय अवस्थामा उभिएको सरकारको कामकाज र बलियो जगमा पुरा अवधिको जनादेश भएको सरकारको काम गर्ने तौर तरिका फरक हुन्छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाले अल्प सरकारले कार्यक्रमको रुपमा केही लोक रिज्याई र केही आफुले इच्छाएका कार्यक्रम गर्ने गरेपनि दिर्घकालिन काम गर्न नसकेको बताउनु भयो ।
https://www.facebook.com/jantatimes/videos/2874645582612126/
प्रतिक्रिया दिनुहोस्