जनता टाइम्स

१० फाल्गुन २०७६, शनिबार १४:१२

शताब्दी पुरुषद्वय जोशी र घिमिरेले गर्नुभयो प्रधानमन्त्रीको पुस्तक ‘भिजन टू एक्सन’को विमोचन


काठमाडौं, फागुन १०

शतब्दी पुरुषद्वय सत्यमोहन जोशी र माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टू एक्सन’ विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा शताब्दी पुरुषद्वयले सो पुस्तक विमोचन गर्नुभएको हो ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाश समेटिएको छ । प्रधानमन्त्रीको सचिवालयले उहाँको ६९औं जन्म दिनको अवसर पारेर आज पुस्तक बिमोचन गरेको हो ।

फागुन ११ गते जन्म दिन भएपनि यसपटक उहा जन्मघर तेह्रथुमको आठराईस्थित इवा तीनसल्ले जान लाग्नु भएकाले आजै विमोचन गरिएको सचिवालयले जानकारी दिएको छ ।