जनता टाइम्स

१५ फाल्गुन २०७६, बिहीबार १३:३७

नाइजेरियामा सिपाहीले आफ्नै चार सहकर्मीको गरे हत्या


लेगोस, फागुन १५

नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ ।

सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताउनुभयो । उक्त घटनाका बारेमा सेनाले छानबिन शुरु गरेको पनि प्रवक्ता मुसाले बताउनुभयो ।