काठमाडौं, फागुन १८
सत्तारुढ नेकपाको सचिवालय बैठकमा पछिल्लो विवाद समाधानका लागि छलफल हुदैछ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने वा नपठाउनेबारे तीव्र मतभेद जारी रहेका बेला सचिवालय बैठकमा छलफल हुन लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजेका लागि बोलाइएको बैठकमा मध्यमार्गी सहमतिको तयारी भईरहेको बुझिएको छ । दुवै पक्षले मध्यमार्गी सहमति खोज्ने र त्यसै अनुसार निर्णय गर्ने बताइएको छ ।
वामदेवलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णयमा पार्टीभित्रै विवाद भएपछि सचिवालय बैठक बोलाइएको हो । राष्ट्रिय सभाका नयाँ सदस्यहरूको फागुन २१ गते सपथ हुँदैछ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी एकताका थप विषयमा पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्