जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार ०९:५९

कोरोना संक्रमण अपडेट : बिश्वभर १६५५८ जनाको मृत्यु, ३७१६४५ संक्रमित, १०२४२९ भए निको


काठमाडौं, चैत ११ । विश्वब्यापी महामारीको रुपमा १ सय ९५ मुलुकमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले अहिलेसम्म १६ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ । बिश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबारे अपडेट गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । कोरोनाबाट अहिलेसम्म ३ लाख ७१ हजार ६ सय ४५ जना संक्रमित भएका छन । त्यस्तै एक लाख २ हजार ४ सय २९ जना निको भएका छन ।

कोरोनाको उद्गम मुलुक चीन भन्दा ईटालीमा दोब्बर बढी संख्यामा मानिसहरुको मृत्यु भएको छ । जसअनुसार ईटालीमा अहिलेसम्म ६ हजार ७७ जनाको मृत्यु भएको छ भने, संक्रमितहरुको संख्या ६३ हजार ९ सय २७ पुगेको छ । ७ हजार ४ सय ३२ जना निको भैसकेका छन ।

त्यस्तै चीनमा ३ हजार २ सय ७७ को मृत्यु भएको छ भने ८१ हजार १ सय ७१ जना संक्रमित भएकोमा ७३ हजार १ सय ५९ जना निको भएका छन । चीनमा हाल ४ हजार ७ सय ३५ जना बिरामी रहेका छन । त्यस्तै स्पेनमा २ हजार ३ सय ११ जनाले ज्यान गुमाएका छन भने ३५ हजार १ सय ३६ मा संक्रमण पुष्टि भएको छ । त्यस्तै ईरानमा १ हजार ८ सय १२ जनाको मृत्यु भएको छ भने २३ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । फ्रान्समा ८ सय ६० को मृत्यु हुँदा अमेरिकामा ५ सय ५३ जनाको मृत्यु भएको छ ।

अपडेट हेर्न यहाँ क्लिक गर्नहोस : https://www.worldometers.info/coronavirus/