काठमाडौँ, बैशाख ११
आवश्यक कानुनी कागजपत्र नपुगेपछि राजपा र समाजवादी पार्टीका शिर्ष नेता निर्वाचन आयोगमा नया दल दर्ताको निवेदन दिएरमात्र फर्किएका छन् । राजपा र समाजवादी पार्टीका शिर्ष नेताहरु नयाँ दल दर्ता गर्न विहान निर्वाचन आयोग पुगेका हुन् ।
बिहान ११ बजे १६ मिनेटमा दुई दलबीच एकताका लागि भएको सहमति पत्र दर्ता गराइएको छ । सो निवेदन आयोगले १३८८ नंम्बरमा दर्ता गराएको छ । आयोगले नयाँ दल दर्ताका लागि केन्द्रीय कमिटि बैठकको निर्णय र केन्द्रीय सदस्यको हस्ताक्षर माग गरेको छ । तर, दुवै दलका शिर्ष नेताले लकडाउनले गर्दा सो उपलब्ध गराउन नसकेको भन्दै खुल्ने वित्तिकै ल्याएर बुझाउने बताएका छन् ।
राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको बताउनु भयो । ‘राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएको जानकारी हामीले निर्वाचन आयोगलाई गर्यो । बाँकी प्रक्रियाहरु विधिवत प्रक्रियाहरु हामी दुईवटा पार्टीहरुले पुरा गरेर लकडाउनपछि सबै दस्तावेज बुझाउछौं’, उहाले भन्नुभयो ।
नयाँ पार्टीले वैधानिकता पाउन यो निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता हुनुपर्छ । निर्वाचन आयोगमा दर्ता हुनका लागि दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय र केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउनुपर्छ । आयोगले शंका लागेमा केन्द्रीय सदस्यहरुलाई बोलाएर सनाखद समेत रुजु गर्नसक्ने व्यवस्था गरिएको छ ।
यस्तो छ दल दर्ताका लागि चाहिने कागजपत्र
यी कागज नपुगे दर्ता खारेज हुनसक्छ
प्रतिक्रिया दिनुहोस्