काठमाडौं, असार ७
खाडी मुलुकसहित विभिन्न देशमा अप्ठेरो अवस्थामा रहेका नेपालीको उद्धारकार्य आज पनि जारी रहेको छ । यसक्रममा यूएईको आबुधाबी र कतारको दोहाबाट नेपालीहरु आज विहान काठमाण्डौ आइपुगेका छन् । यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको चार्टर्ड जहाज काठमाण्डौमा अवतरण गरेको छ । जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् ।
यस्तै, कतारको दोहाबाट १४९ जना नेपाली स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडान नम्बर आर ए २३९२ मार्फत १४९ जना नेपाली स्वदेश फर्किएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार, दोहाबाट सुत्केरी र गर्भवतीसहित ८२ जना महिला, तीनजना नाबालक र ६४ जना पुरुष स्वदेश फर्किएका छन् । आज बिहान साउदीको रियादबाट पनि २४६ जना नेपाली स्वदेश आइपुगेका छन् । आजै यूएईबाट थप दुई उडानमार्फत नेपाली फर्कंदै छन् भने बहराइन, मलेसिया, बंगलादेश र बहराइनबाट पनि नेपाली स्वदेश फर्कंदैछन् ।
प्रतिक्रिया दिनुहोस्