काठमाडौं, असार १० । नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको गौतमले जानकारी दिनुभयो ।
छ ।













प्रतिक्रिया दिनुहोस्