जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १६:२९

संकट टार्न ओली–प्रचण्डबीच भयो यस्तो सहमति


काठमाडौं, असार १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको तीन घण्टा लामो बार्ता सकारात्मक रुपमा अघि बढेको हो ।

पछिल्लो समय पार्टी एकता गर्दा पार्टी सञ्चालन सम्बन्धी भएको सहमतिबिपरित तात्कालिन नेकपा एमालेको महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा आएको परिणामका आधारमा देखिएको कुण्ठाको पोको बोकेर अध्यक्ष प्रचण्ड हिडेपछि एकता नै संकटमा परेपछि दुई अध्यक्षबीच आज निर्णायक बार्ता भएको हो । बार्तामा अध्यक्ष ओली र प्रचण्डले खुलाखुतस्त कुरा गर्दै आफूहरुमा रहेको कमजोरीसमेत महसुस गरेपछि सकारात्मक बनेको हो ।

अध्यक्षद्वयको बार्तामा तात्कालिन समय (२०७५ जेठ २ गते) सहमति गर्दा साँक्षी बसेका महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी हुनुभएको थियो । जेठ २ मा दुई अध्यक्षको सहमति र हस्ताक्षरपछि मात्रै पार्टीको आधिकारिक निर्णय मानिने उल्लेख छ । सोही सहमतिअनुसार नेकपाको अन्तरिम बिधानमा पनि यो ब्यवस्था गरिएको छ । पछिल्लो समय पूर्वएमाले समुहको कुण्ठालाई बोकेर पार्टीमा जता आफ्नो बहुमत संस्था जन्माउने अध्यक्ष नै बाहिर पार्ने षडयन्त्र भएपछि बिभाजनको संघारमा पुगेको नेकपा आजको बार्ताले केही आशा पलाएको छ । कार्यकर्ताको चर्काे दवावमा परेका अध्यक्षद्वयको आजको बार्ताले सहमतितर्फ उन्मुख भएको वार्तामा सहभागी नेताहरुले जानकारी दएका छन ।

विवाद समाधानका लागि विविध विकल्पमा छलफल भएको ती बैठकमा सहभागी एक नेताले जनाताटाइम्सलाई बताए । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफ्ना एकता धरापमा पार्ने काम नगर्न प्रचण्डलाई सुझाउँदै एकताको समयमा भएको सहमति र मंसिर ४ गते भएको निर्णयअनुसार जाने बिषयले नै सवैको हित गर्ने बताउनु भएको ती नेताको भनाई छ । उहाँले पार्टी एकता बचाउन आफू जुनसुकै लचकता अपनाउन तयार रहेको तर एकता गरेबापत नै कार्वाही जसरी जहाँ बहुमत, त्यँहीबाट निश्काशनको षडयन्त्र चिरेर अघि बढने प्रष्ट पार्नुभएको छ ।

लामो समयदेखि पार्टीका शीर्ष तहबाटै आक्रमण भएपनि अध्यक्ष ओलीले चुप लागेर बस्नुभएको थियो । तर पार्टी आफूहरु मिलेर फुटाउने आरोप आफूमाथि लगाउने गर्न थालेपछि आजको बार्तामा उहाँले अध्यक्ष प्रचण्डलाई स्पष्ट बटमलाइन सुनाउनु भएको हो । अध्यक्ष प्रचण्डले पनि आफू लचक नै रहेको भन्दै एकताअघिको सहमतिबाट पछि नहटने बताएपछि बार्ता सकारात्मक मोडमा पुगेको हो । दुवै अध्यक्षबीच एकता जोगाउन अन्तिम हदसम्मको प्रयाश गर्ने र अन्य नेताहरुसँग पनि परामर्श गर्ने सहमति भएको छ ।

स्थायी कमिटी बैठक चलिरहेको बेला अध्यक्ष प्रचण्डकै उपस्थितिमा गुट भेला गरेर प्रधानमन्त्री, पार्टी अध्यक्ष मात्र नभई राष्ट्रपतिसम्म फेर्ने सपना देखेर पदीय भागबण्डा गरेको सूचना आएपछि प्रधानमन्त्री ओलीले बिहीवार मन्त्रिपरिषद बैठक राखेर राष्ट्रपतिसमक्ष संसदको हिउदे अधिवेशन अन्त्यको सिफारिश गर्नुभएको थियो । सरकारको निर्णय अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्यको पत्र पठाइसक्नु भएको छ । सो घटनापछि जसरी पनि, जे गरेर पनि ओली हटाउने अभियानमा लागेका नेताहरु केही पछि हटेपछि आज बार्ता भएको हो ।

बिहीबारको स्थायी कमिटी बैठक पनि दुई अध्यक्षबीच सहमति गर्न भन्दै शनिवारसम्म स्थगित गरिएको थियो । आज अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि बालुवाटारमा वार्ता सकारात्मक बनेपछि दोस्रो पुस्ताका नेताहरु पनि इगो छाडेर एकता बचाउन शीर्ष नेतालाई दवाव दिँदै सक्रिय बनेका छन । यद्यपी नेकपाभित्रको संकट अझै नटरेको नेताहरुको बुझाइ छ ।