जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार १८:२४

प्रचण्डबाटै आयो पार्टी एकता भाँडने यस्तो अभिब्यक्ति


काठमाडौं, साउन ९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले चलिरहेको छ । सहमतिका लागि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल समेत भईरहेको छ । तर, छलफलकै क्रममा शुक्रबार अध्यक्ष प्रचण्डले एकाएक एक सार्वजनिक कार्यक्रममा एकता प्रक्रियामा बाधा पु¥याउने टिप्पणी गर्नुभएको छ ।

एक अध्यक्षले अर्को अध्यक्षमाथी सार्वजनिक रुपमा टिप्पणी गरेको यो पहिलो पटक हो । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्ड अर्का अध्यक्ष ओलीको नाम नै किटेर आक्रमक देखिनु भयो । आफ्नै गुटका मात्र नेता सहभागी भएको कार्यक्रममा उहाले ओलीमाथी अर्को पार्टी निर्वाचन आयोगमा दर्ता गरेको भन्दै गम्भिर आक्षेप पनि लगाउनु भयो ।

‘सहमतिका लागि अध्यक्ष ओलीसँगै वार्तामा बस्ने बाहिर कार्यकर्ता समक्ष आएर तिनै ओलीविरुद्ध तथानाम गाली र आरोप लगाउने प्रचण्डको शैलीले पार्टी एकता धरापमा पर्छ’, नेकपाका एक नेताले भने । कुनै विषयमा प्रमाण छ भने बैठकमा राख्नुपर्यो, बैठकमै देखाउनु पर्यो । होइन भने हावाको भरमा बोल्दा त्यसले एकतामा थप संकट उत्पन्न हुन्छ ति नेताको भनाई थियो । प्रचण्डको आजको अभिव्यक्तिबाट उनि एकता चाहादैनन् भन्ने प्रष्ट सन्देश कार्यकर्तामा गएको पनि ति नेताको निष्कर्ष छ ।

प्रचण्डले अर्का अध्यक्ष ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको बताउनु भयो । आयोगमा सो पार्टी दर्ता हुनुले नै पार्टी संकटमा रहेको छ भन्ने कुरा प्रष्ट हुने उहाको भनाई थियो । अर्लि महाधिवेशन गर्ने सहमति गरेर फेरी एकैछिनमा पछाडी हटेका प्रचण्ड के गर्ने के नगर्ने अहिले दोधारमा रहेका उहा निकट नेताहरु नै बताउछन् ।

यता, पनि मिल्न खोज्ने उता पनि मिल्न खोज्ने जस्तो नीतिले प्रचण्ड कमजोर हुदै गएको पूर्व माओवादी नेताहरु नै बताउछन् । प्रधानमन्त्री ओलीसँग वार्ता गरेर बाहिर आएर उहाले पार्टीको नीति अर्कैको भएको र नेतृत्वमा अर्कै नेता रहेको भन्दै कडा टिप्पणी समेत गर्नुभयो ।