काठमाडौं, साउन ३२ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जनस्वस्थ्य मापदण्ड पालना नगर्दा उपत्यकामा संक्रमितको संख्या बढदै गएको हो ।
सोहीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । लकडाउन खुला गरेपछि उपत्यकामा हरेक दिन संक्रमितको संख्या बढदै गएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले तीन जिल्लाका १७२ जनामा संक्रमण देखिएको पुष्टि गर्नुभयो । उपत्यकाबासीले सरकारले तोकेको मापदण्ड पालना नगर्दा पछिल्ला दिनमा राजधानीमा संक्रमितको संख्या बढेको मन्त्रालयको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस्