अछाम,भदौ ३ । अछामको रामारोशन गाउँपालिका ३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १५ जना भन्दा बढी सम्पर्क विहीन भएका छन् । गएराती कैलाश खोला बस्तीमा प्रवेश गरी सैनी बजारका घर बगाउँदा १५र१६ जना सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याले जानकारी दिनुभयो ।
नदीले बगाएकामध्ये चार शव प्राप्त फेला परेको र ठूलो जनधनको क्षति भएको बताइको छ । घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन नसकेको प्रजिअ उपाध्यायले बताउनुभयो । सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्दारमा समस्या भइरहेको बताइको छ ।
प्रतिक्रिया दिनुहोस्