काठमाडौं, भदौ ४ । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्ष्ँक शैलेश थापाले प्रहरीको नेतृत्व सम्हालेपछि पहिलो पटक आज ४९ जना एसपीको सरुवा गर्नुभएको हो ।
सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरिएको छ । सरुवा सुचीअनुसार स्याङ्जामा होविन्द्र बोगटी, पाल्पामा सन्तोष भट्टराईलाई पठाइएको छ भने प्रभु ढकाललाई गण्डकी प्रदेश ट्राफिक कार्यालय तनहुँ सरुवा गरिएको छ । यस्तै प्रविण पोखरेलको रुपन्देही र सन्तोष सिंह राठौरको सर्लाहीमा सरुवा भएको छ ।
को कहाँ पुगे ? हेर्नाेस सूची
प्रतिक्रिया दिनुहोस्