जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १६:२५

निषेधाज्ञामै पनि २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ४४५ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?


काठमाडौं, भदौ १८ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ सय ४५ जना कोरोना संक्रमित थपिएका हुन ।

प्रवक्ता गौतमका अनुसार थपिएकामध्ये काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन ।