जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १६:४१

कोरोना संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या २५७ पुग्यो


काठमाडौं, भदौ १८

नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिला ४ जना र पुरुष २ जना हुनुहुन्छ । हालसम्म नेपालमा २५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।