काठमाडौं, भदौ १९
काठमाडौं स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा विहिवार राति भएको झडप भिडियो सार्वजनिक भएको छ ।
अस्पतालका अनुसार झडप हुँदा अज्ञात समूहले घाइतेहरूमाथि कुटपिट गरेका थिए भने नर्स, चिकित्सक, प्यारामेडिक्स तथा सुरक्षा गार्डहरूमाथि समेत हातपात भएको थियो । अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले आकस्मिक कक्षमा तोडफोड समेत गरेको बताएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार दुई समूहबीच झडप पहिले रानीवनमा भएको थियो । ‘उनीहरू दुई समूहबीच पहिले रानीवनमा भलिबल खेल्ने क्रममा भएको रहेछ। घाइते भएपछि अस्पताल ल्याएका व्यक्तिहरूमाथि कुटपिट गर्न फेरि अस्पताल गएका रहेछन्’, उहाले घटनाबारे जानकारी दिदै भन्नुभयो ।
यस घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रबहादुर धानुक र सुदीप देवकोटा रहेका छन् । बाँकीको खोजीकार्य जारी रहेको छ ।
https://www.facebook.com/jantatimes/videos/776853993100360/
प्रतिक्रिया दिनुहोस्