काठमाडौं, भदौ २५
विश्वभर आत्महत्याको घटनामा वृद्धि भइरहेको छ । सडक दुर्घटनापछि मृत्युको कारक आत्महत्या बन्दै गएकोप्रति सरोकारवालहरुको चिन्ता व्यक्त गरेका छन् । मनोचिकित्सक डा. दिपक कुँवरले हाल विश्वमा विभिन्न कारणबाट भइरहेको मृत्युमध्ये आत्महत्या दोस्रो बन्दै गएको जानकारी दिनुभयो ।
उहाँले पुरुषको दोस्रो र महिलाको तेस्रो कारणमा आत्महत्या बनिरहेको बताउनुभयो । उहाँले आत्महत्या बढिरहेकोमा चिन्ता व्यक्त गर्दै आत्महत्या रोकथामका लागि सञ्चारमाध्यम, नीति निर्माता लगायत सबैको भूमिका बराबर रहेको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रति ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गर्छन् र सोही समयमा अरु २० जनाले आत्महत्याको प्रयास गर्छन् । सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपाल दक्षिण एसियामै दोश्रो धैरे आत्महत्या गर्ने देशमा पर्दछ । कोरोना भाइरसको महामारीसँगै नेपालमा आत्महत्या २० देखि ३० प्रतिशतले बढेको पाइएको छ ।
विश्वमा आत्महत्या रोकथामका लागि हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्वभर आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ । आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने नाराका साथ यो वर्ष पनि विभिन्न जनचेतनामुलक कार्यक्रम भइरहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपाल दक्षिण एसियामै दोश्रो धैरे आत्महत्या गर्ने देशमा पर्दछ ।
कोरोना भाइरसको महामारीसँगै नेपालमा आत्महत्या २० देखि ३० प्रतिशतले बढेको पाईएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आत्महत्याको कारण खोजी नीतिगत रुपमा रोकथामको कार्यक्रम समावेश गरिने बताउनुभयो । उहाँले आत्महत्या विरुद्ध साताव्यापी सचेतनाका कार्यक्रम हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्