जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १६:३१

ह्वात्तै बढ्यो काठमाडौं उपत्यकामा संक्रमण, शुक्रबार मात्रै थपिए ८५९ संक्रमित


काठमाडौं, असोज २

काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा ८५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ८५९ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन । संक्रमितमध्ये काठमाडौंका ६९८, ललितपुरका ७९ र भक्तपुरकमा ८२ जना रहेका छन ।