जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार ११:०९

मुख्यसचिव रेग्मीले दिनुभयो राजिनामा, यस्तो छ कारण


काठमाडौं, असोज १५

मुख्सचिव लोकदर्शन रेग्मीले पदबाट राजिनामा दिनु भएको छ । आफ्नो कार्यकाल सकिनु केही साता अघि मात्रै उहाले पदबाट राजिनामा दिनु भएको हो ।

रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा रेग्मीको राजीनामा स्वीकृत भएको हो । रेग्मी २०७४ कात्तिक ४ मा मुख्यसचिव नियुक्त हुनु भएको थियो ।

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । राजिनामा दिएसँगै अब मुख्यसचिवको दौडमा शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी रहनु भएको छ । रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए यी तीन सचिव दौडबाट बाहिरिनु हुने थियो । त्यसबेला चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए ।