काठमाडौं, असोज १५
पछिल्लो २४ घण्टामा देशभर २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २७२२ जना संक्रमित थपिएको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
हालसम्म नेपालमा १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८२ हजार ४५० जना पुगेको छ । आज २१ हजार २३४ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३३०७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ११ हजार ७६० जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ८८५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्