काठमाडौं, असोज १९
पछिल्लो २४ घण्टामा देशभर २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २४४० जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा १५३१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म नेपालमा १० लाख ८८ हजार २२९ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार २६३ जना पुगेको छ । आज २३ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ११३३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।
संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १२ हजार ३१६ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ३३ रहेको छ । प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ, डोल्पा, मुगुमा संक्रमण शून्यमा झरेको छ।
प्रतिक्रिया दिनुहोस्