काठमाडौं, असोज २१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय काठमाडौं उपत्यकाका अस्पतालहरूमा बेडको अभाव हुँदै गएको जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको जानकारी गराउनुभयो । उहाँले यही स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने पनि जनाउनुभयो ।
त्यस्तै उहाँले संक्रमितको उपचार सरकारी र निजी दुवै अस्पतालहरूले गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसहरूको भीड देख्दा संक्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्