जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार १२:३७

बालिका बलात्कारको प्रयास आरोपमा काठमाडौंबाट एक पुरुष पक्राउ


काठमाडौं, असोज २२

७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा काठमाडौंबाट एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार राजधानीको महादेवस्थान बागमती करिडोरबाट एक ४३ वर्षीय पुरूष पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक रहेका छन् । स्थानीयले बालिकाको बलात्कार प्रयास भनेपनि अहिलेसम्म अनुसन्धान जारी रहेको र चाडै तथ्यमा पुगिने प्रहरीले बताएको छ ।

बुधबार दिउँसो करिब ४ बजेतिर काठमाडौं महानगरपालिका–३२ (कोटेश्वर)महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेका थिए । स्थानीयका अनुसार खोला किनारमा रहेको तितेपातीको झाडीमा ति पुरुषले बालिकालाई काखमा राखेर बसी रहेको भेट्टाएका थिए ।

स्थानीयलाई देखेपछि ति व्यक्ति भाग्न खोजेपछि समातेर सोधपुछ गरेका थिए । सोही क्रममा स्थानीयले ती बालिकाको उद्दार गरेर ति व्यक्तिलाई प्रहरीको जिम्मा लगाएका हुन् । ती बालिका सोही स्थानको भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । ‘बलात्कारको प्रयास हो की के हो यकिनका साथ भन्न सकिएको छैन । ती पुरूषले प्रयासमात्रै गरेको भनेको छ’, एसपी राठौरले भन्नुभयो, ‘बालिकालाई मेडिकल गर्न पठाइएको छ । त्यसको रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ ।’