जनता टाइम्स

१५ असार २०८२, आईतवार १५:५२

सङ्घीय निजामति सेवा विधेयकमा छलफल सुरु


काठमाडौँ, १५ असार । प्रतिनिधिसभाको आजको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक २०८२’ मा छलफल सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि छलफल सुरु भएको हो ।

त्यसपछि सभामुख देवराज घिमिरेले समितिको प्रतिवेदन विधेयकका दफाहरुमा मात्र छलफल गरिने जानकारी गराउँदै सांसदहरूलाई विषयान्तर नगर्न अनुरोध गर्नुभयो ।