सिन्धुली, असोज २७
गत असार २७ गते मात्र चियाबारीका अमन भनिने गोपी थापासँग भागेर विवाह गर्नुभएको सिन्धुलीको कमलामाई नगरपालिका–२ को पुष्पा भुजेलले झुन्डिएर आत्महत्या गर्नुभएकोछ । तर, विवाह गरेको २ महिनामै यही असोज १६ गते भुजेल झुन्डिएको अवस्थामा भेटिनुभएको थियो ।
भुजेलका माइती पक्षले भने पुष्पाले आत्महत्या गरेको नभई कसैले हत्या गरेको आरोप लगाएका छन् । घटना भएकै रात २ बजे पुष्पाका पतिले माइती पक्षका एक जना दाइलाई खबर गर्नुभएको थियो तर, उनको शव हेर्न पनि नपाएको माइती पक्षको आरोप छ ।
सिन्धुली अस्पतालमा पोष्टमार्टम भएपछि माइती पक्षलाई हेर्न र फोटो खिच्न समेत नदिइ जलाइएपछि घटनाले अर्कै रुप लिएको हो । अहिले पनि माइती पक्षले आत्महत्या नभई पुष्पाको हत्या नै भएको भनि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् ।
भागी विवाह गरेको तीन महिना पनि नहुँदै आत्महत्या गर्नु, माइती पक्षलाई शव हेर्न पनि नदिइ जलाउनुले कतै पुष्पाको आत्महत्या नभएर हत्या नै त हैन भन्ने आशंका स्थानीयमा पनि उब्जिएको छ । जाहेरीका आधारमा मृतकका श्रीमान गोपी थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया दिनुहोस्