काठमाडौं, कात्तिक १७
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने कैलाली टीकापुर घर भएका १८ वर्षीय किशोर छन् ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्