जनता टाइम्स

२७ कार्तिक २०७७, बिहीबार १३:०८

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ जारी


काठमाडौं, कात्तिक २७

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भइरहेको छ । संसदीय सुनुवाइ समितिमा अहिले प्रस्तावित राजदूतहरुको सुनुवाइ भइरहेको समिति सदस्य भीमसेनदास प्रधानले जानकारी दिनुभयो । अमेरिकाका लागि राजदूत प्रस्तावित युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम प्रस्ताव गरिएको छ ।

समितिमा प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध समितिमा उजुरी परेको थियो । तर, उनीहरुविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि कात्तिक १७ गते सोमबार तय भएको सुनुवाइ आजका लागि तय गरेको थियो । मन्त्रिपरिषद्‌को असोज १६ गते बसेको बैठकले उहाँहरुलाई राजदूत सिफारिस गरेको थियो ।