जनता टाइम्स

२७ कार्तिक २०७७, बिहीबार १३:५५

खुल्लामञ्चमा रचिएको त्यो कथा र यथार्थ !


काठमाडौं, कात्तिक २७

खुलामञ्चमा असहायलाई खाना खुवाउने क्रम जारी छ । यसैक्रममा कात्तिक २६ गते एउटा अनलाइन समाचार पोर्टलमा विशेष समाचार आयो । त्यसमा एक बाजेको कथा हालिएको थियो । सुन्दा निक्कै भावुक हुने सो कथा अन्तत कथा नै रहेको प्रमाणित भएको छ ।

कथाका पात्रले भनेको भनिए अनुसार उनको कोही छैन, काठमाडौंमा । धादिङ घर बताउने उनि परिवारको बोज नहोस् भनेर काठमाडौंको बस चढेर आएको बताउनु भएको छ । उहाकै भनाईमा भन्ने हो भने खुल्लामञ्चसम्मको यात्रा यसरी भएको थियो । ‘बाटोमा बसेको थिएँ, यहाँ खाना पाइन्छ बाजे जानुस् भनेपछि अस्तिको दिनदेखि यहाँ आएर खान थालेको हुँ’, उहाको भनाई भनेर समाचारमा उल्लेख छ ।

सबैले समाचार बढेपछि बाजेको जिन्दगी साह्रे दुःख रहेछ भनेर चिन्ता र चासो व्यक्त गरे । काठमाडौं महानगरपालिकाले काम गर्न सक्नेलाई काम दिउ र नसक्नेलाई व्यवस्थित तारिकाले खाना खुवाउ भनेर प्रस्ताव गरेपछि त्यसको केहीले विरोध गरे । एक छाक अरुले ल्याएको खाना पस्केर फोटो खिचेर सामाजिक सञ्जालमा ति गरिबको तस्विर राखेर आफ्नो शान बढाउने समुह विरोधमा सक्रिय रहेको महानगरको भनाई छ ।

यो समाचार आएपछि पत्रकार मिलन तिमिल्सिनाले विहिवार सामाजिक सञ्जालमा स्टाटस हाल्नु भएको छ । उहा उज्यालो नेटवर्कसँग लामो समयदेखी आवद्ध पत्रकार हुनुहन्छ । उहाले सित्तैको भातले मान्छेलाई अल्छी बनाउन थालेछ भनेर टिप्पणी गर्नुभएको छ । किनकी उहाले त्यो समाचारमा जसको कथा पढ्नु भयो, संयोगले ति वृद्ध उहाको छिमेकी हुनुहुदो रहेछ ।

यस्तो छ, उहाले सामाजिक सञ्जालमा लेख्नु भएको विषय –

‘खुलामञ्चमा भात खाने लाइनमा बसेका एकजना हजुरबाको कथा एउटा अनलाइनमा पढेपछि लाग्यो : सित्तैको भातले मान्छेलाई अल्छी बनाउन थालेछ । ती हजुरबालाई म राम्रोसँग चिन्छु । सपरिवार काठमाण्डौमा जग्गा भाडामा लिएर बस्नुहुन्छ । सानो पसल छ, गाई पाल्नुभएको छ, तरकारी खेती गर्नुभएको छ । नजानेको काम केही छैन । एउटा खुट्टाले राम्रो काम नगरे पनि बिहानदेखि बेलुकीसम्मै मेहनत गर्नुहुन्छ । श्रीमती, छोराबुहारीले उसैगरी काम गर्छन् । अस्तिताकासम्म बिहान झिसमिसेमै कीर्तिपुर बजारमा दूध बेच्न गैरहने हजुरबा एक्कासी खुलामञ्च पुग्नुभएछ ।