मकवानपुर, कात्तिक २७
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी टोलीले उक्त मन्दिरनजिकै पार्किङ गरिराखेको बा.६च १४७६ नम्बरको कारलाई शङ्का लागि जाँच गर्ने क्रममा कारभित्र राखिएको अवैध गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
पार्किङ गरेर उक्त स्थानमा कार राखिएको र कारका धनी फरार भएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा कारको लक तोडेर जाँच गर्दा उक्त अवैध गाँजा प्रहरीले फेला पारी थप अनुसन्धान गरिरहेको प्रवक्ता रानाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्