जनता टाइम्स

२७ कार्तिक २०७७, बिहीबार १८:२५

प्रधानमन्त्रीको सम्पुर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा, मन्त्रीहरुको कात्तिकदेखी आधा जम्मा हुने


काठमाडौं, कात्तिक २७

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना कोषमा जम्मा भएको सरकारले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले यसअघि नै आफ्नो सम्पूर्ण पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको थियो ।

सो घोषणाअनुसार सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा भईसकेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यस्तै, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने निर्णय भएको उहाले बताउनु भयो ।