जनता टाइम्स

२८ कार्तिक २०७७, शुक्रबार १४:३१

बैतडी दुर्घटना अपडेट : मृतक सबैको खुल्यो पहिचान, ३४ जना घाइते


बैतडी, कात्तिक २८

बैतडीको खोडपेमा गएराति भएको बस दुर्घटनामा परेर ज्यान गुमाउने ९ जनाकै पहिचान खुलेको छ । गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना.५ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस पाँच सय मिटर तल खसेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा कञ्चनपुर तिलाचौरकी १५ वर्षीया कृतिका कार्की, दार्चुला मालिकार्जुन डाँडाकोटका जगन्नाथ ओझा (शिक्षक), बैतडी दोगडाकेदार–६, सित्तडका कपिन्द्रप्रसाद जोशी (गाउपालिका कर्मचारी), रणबहादुर चन्द (प्रहरी जवान), दार्चुला खरकडाका तर्कराज गिरी, कञ्चनपुर भीमदत्त नगरपालिका–१० की बिज्‍नादेवी धामी, कैलाली फूलबारीका नरेन्द्र चौधरी, ऋषिराम चौधरी र बैतडी दोगडाकेदार ६, सित्तडका करनसिंह ऐडी छन् । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।