जनता टाइम्स

९ पुष २०७७, बिहीबार १६:३५

अमेरिकाका लागि नेपालका राजदूत खतिवडाले लिए सपथ


काठमाडौं, पुष ९

अमेरिकाका लागि राजदूत नियुक्त युवराज खतिवडाले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उहालाई पद तथा गोपनीयताको सपथ खुवाउनु भएको हो ।

उक्त समारोहमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायत अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यलयले जानकारी दिनु भएको छ ।