जनता टाइम्स

१२ चैत्र २०७७, बिहीबार १९:५०

किर्गिस्तानले नेपाललाई बराबरीमा रोक्यो


काठमाडौं, चैत्र १२

दश खेलाडीमा सिमित किर्गिस्तानले नेपाललाई गोलरहित बराबरीमा रोकेको छ । थ्री नेशन्स कप फुटबल प्रतियोगिता अन्तगर्तको दोस्रो खेलमा नेपाल किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले आक्रमण गरेपनि गोल भने गर्न चुक्दा बराबरीमा रोकिन पुगेको हो । दुबै टोलीले अङ्क बाँड्दा फाइनलमा पुग्ने टोलीको टुंगो नेपाल र बङ्गलादेशबीच शनिबार हुने खेलबाट निर्धारण हुनेछ । प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको बङ्गलादेश भने फाइनलमा स्थान सुनिश्चित गरेको छ ।

शनिबार हुने खेलमा नेपालले बङ्गलादेशलाई बराबरीमा रोकेको अवस्थामा फाइनलमा पुनः बङ्गलादेशसँगको भेट सुनिश्चित गर्नेछ । तर नेपालले १–० भन्दा बढी गोल अन्तरले हार बेहोरेको स्थितिमा किर्गिस्तानले फाइनलमा बङ्गलादेशको सामना गर्नेछ ।

घरेलु दर्शकको साथ र समर्थन पाएको पहिलो खेलमा नेपालले गोल गर्ने आधा दर्जनभन्दा बढी अबसर सृजना गरेपनि राम्रो अन्त्य दिन सकेनन । ६६ औं मिनेटमा कप्तान तैयपले रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि दश खेलाडीमा सीमित भएको किर्गिस्तानले नेपाललाई गोलरहित बराबरीमा रोक्न सफल भयो ।