जनता टाइम्स

२६ जेष्ठ २०७८, बुधबार ०७:३४

मैत्रीपूर्ण खेलमा स्पेनको फराकिलो जित



काठमाडौं, जेठ २६ । युरोकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा स्पेनले लिथुवानियालाई ४ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै, गएराति भएका खेलमा फ्रान्सले बुल्गेरियालाई ३ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै पोल्याण्ड र आइल्याण्डले तथा बेनिन र जाम्बियाले २– २ गोलको बराबरी खेलेका छन् भने क्यामरुन र नाइजेरियाले गोलराहित बराबरी खेलेका छन् । यस्तै, मोरोक्कोले घानालाई १ –० गोल अन्तरले हराएको छ भने गिनीले कोसोभोलाई २– १ गोल अन्तरले पराजित गरेको छ ।