काठमाडौं, साउन २२ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी स्पेनिस क्लव बार्सिलोनाबाट मुक्त भएको खबरले विश्वव्यापी तरंग ल्याएको छ । बार्सिलोनाले बिहीवार बिज्ञप्तीमार्फत मेसीसँग नयाँ संझौता हुन नसक्ने निर्णय सार्वजनिक गरेको थियो । या निर्णय स्वयं मेस्सीकै लागि पनि अप्रत्याशित रहेको अर्जेन्टिनाका सञ्चारमाध्यमले जनाएका छन ।
बार्सिलोनाले बिहीवार हिजो एक विज्ञप्तिमार्फत मेस्सीसँग नयाँ सम्झौता हुन नसक्ने घोषणा गरेको थियो । यसअघि मेस्सी र क्लव दुवै पक्ष जुलाई १ मा सकिएको सम्झौता नवीकरण गर्न तयार रहेको समाचारहरू आएका थिए । हिजो उनीहरूबीच सम्झौता हुने भनिएकोमा एकाएक क्लवको विज्ञप्ति आएपछि विश्वभरका मेस्सीका समर्थकहरू आश्चर्यमा परेका छन् । अर्जेन्टिनाबाट प्रकाशित हुने मुन्डो डिपोर्टिभोले क्लवको निर्णयबाट मेस्सी स्वयं पनि चकित परेको उल्लेख गरेको छ । यद्यपि मेसीले अहिले कुनै सार्वजनिक वक्तव्य जारी नगर्ने समाचारमा जनाइएको छ । अन्त्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार मेस्सीले बार्सिलोनाबाट अझै स्पष्टता चाहेका छन् ।
‘बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले आज गर्ने पत्रकार सम्मेलनमा सबै विषय प्रष्ट्याउने मेस्सीको आशा छ,’ समाचारमा भनिएको छ, ‘मेसी क्लवसँग संयुक्त वक्तव्य जारी गरेर आफ्ना समर्थकहरूलाई गुडबाइ भन्न चाहन्छन् ।’ मेस्सी गत बुधबारमात्र आफ्नो भ्याकेसन सकेर बार्सिलोनामा फर्किनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्