जनता टाइम्स

१० असार २०७६, मंगलवार १७:२१

काठमाडौं महानगरमा यस्तो छ नयाँ सम्पत्ति कर


काठमाडौं, असार १०

काठमाडौं महानगरपालिकाले सम्पत्ति करमा नयाँ दर कायम गरेको छ । मंगलबार आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक गर्दै महानगरपालिकाले ०.०१० प्रतिशतदेखि ०.६००० प्रतिशतसम्म सम्पत्ति कर लगाउने भएको छ ।

महानगरपालिकाले भवन र जग्गाको मूल्यांकनका आधारमा सम्पत्ति कर लगाउने छ । पहिलो सुरुको १ करोड रुपैयाँसम्मको भवन र जग्गाको मूल्यांकनमा ०.०१० प्रतिशतका दरले सम्पत्ति कर १ हजार रुपैयाँ लाग्नेछ ।

त्यसपछिको २ करोड रुपैयाँसम्मको सम्पत्तिमा १ करोड रुपैयाँसम्मको सम्पत्तिमा ०.०१० प्रतिशतले कर लाग्छ भने बाँकी १ करोड रुपैयाँमा ०.०१५ प्रतिशतका दरले २५ सय रुपैयाँ कर लाग्छ । त्यसपछि ३ करोड रुपैयाँसम्मको सम्पत्तिमा ४५ सय रुपैयाँ कर लाग्छ । भने ५ करोड रुपैयाँसम्मको सम्पत्तिमा ८५ सय रुपैयाँ कर लाग्छ ।

त्यस्तै, ५ करोड रुपैयाँसम्मकोमा १४ हजार ५०० रुपैयाँ, ६ करोड रुपैयाँसम्मको सम्पत्तिमा २४ हजार ५०० रुपैयाँ, ८ करोड रुपैयाँको सम्पत्तिमा ८४ हजार ५०० रुपैयाँ र १० करोड रुपैयाँसम्मको सम्पत्तिमा १ लाख ७४ हजार रुपैयाँ सम्पत्ति कर लाग्छ ।

त्यस्तै, १० करोड रुपैयाँभन्दा बढी सम्पत्तिमा सम्पत्तिका ०.६०० प्रतिशतका दरले सम्पत्ति कर लाग्छ । सम्पत्तिको मूल्यांकन महानगरपालिकाले तोके बमोजिम हुनेछ ।