जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार २०:२०

तीन केन्द्रीय सदस्यले त्यागे विवेकशील साझा (विज्ञप्तीसहित)


काठमाडौं, कार्तिक ३० । विवेकशील साझा पार्टीका तीन जना केन्द्रीय सदस्यले पार्टी छाडेको घोषणा गर्नुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तीन केन्द्रीय सदस्यले पार्टीको साधारण सदस्य समेत नरहने गरी छाडेको जानकारी दिनुभएको हो । पार्टी छाड्नेमा सरला लामिछाने, प्रतिभा डंगोल र दीपा अर्याल हुनुहुन्छ । पार्टीको सिद्धान्त, विचार र बाटो नै फरक परिसकेको हुँदा पार्टी त्याग गरेको उहाँहरूको भनाइ छ। हामीले मान्दै आएको राजनीतिक सिद्धान्त, विचार र बाटो नै फरक परिसकेपछि हामी यो दलमा रहनुको कुनै औचित्य छैन। त्यसैले आजको मितिदेखि यो दलमा साधारण सदस्य पनि नरहने गरी सदस्यता त्याग गरेको घोषणा गर्दछौं, जारी विज्ञप्तिमा भनिएको छ। तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच भएको एकीकरण नै यस क्षतिको मूल कारक भएको उहाँहरूले बताउनुभएको छ । यसले दल र सिंगो वैकल्पिक राजनीतिलाई पुर्‍याएको क्षति आकलन गर्न केही समय लाग्ने पनि उहाँहरूले बताउनुभयो । कुनै परिवारमा जन्मेकै आधारमा कोही व्यक्तिले आफूहरूमाथि शासन गर्न पाउने व्यवस्था कल्पना पनि गर्न नसकिने उहाहरूको बुझाइ छ।

यस्तो छ विज्ञप्ती

गत ८ वर्षको राजनीतिक यात्रामा बेलाबखत केही आफूले नचाहेको, केही नसोचेको निर्णय पनि गर्दै यहाँ सम्म आइपुगियो। यस्तै एक निर्णय आज हामीले गरेका छौँ। तात्कालिन विवेकशील नेपाली दल र तात्कालीन साझा पार्टी बीच केही सैद्दान्तिक बेमेल सतहमा नदेखिए पनि गहिराइमा भने सधैं नै रहिरह्यो। अहिले भने स्पष्ट भएकोछ। यो स्पष्ट विचारका लागि रबिन्द्र जीलाई धेरै धन्यवाद१ तर यसले दल र सिंगो वैकल्पिक राजनीतिलाई पुराएको क्षतिको उचित आँकलन गर्न समेत केही समय लाग्ला। शायद दुई पार्टीको एकीकरणको बिन्दु नै आज भएको क्षतिको मुल कारक रह्यो।

साझा पार्टी अन्तिममा यही धारमा जाने अनुमान नगरिएको पनि हैन। तर वैकल्पिक राजनीतिमा होमीएका हामीले नेतृत्वको अभिव्यक्ति र अनेकौं दस्तावेजलाई विश्वास नगर्ने भन्ने नै भएन। अन्य दलमा भएको भए शायद नै आज अचम्मित हुने थिएनौ, भनाई र गराइमा फरक नौलो पनी लाग्दैन थियो होला। दुई व्यक्तिको राजनीतिक सिद्धान्त र बिचारमा भिन्नता हुनु पनि अस्वाभाविक हैन। कुरा यति मात्र हो सीमित व्यक्तिले आफ्नो राजनीतिक सिद्धान्त र बिचारलाई समयमा स्पष्ट पारेको भए हामीले यति महत्वपूर्ण समय ९करिब ४ वर्ष० आन्तरिक कलह र खिचातानीमा बिताउनु पर्ने थिएन।

बेला बखत छलफलमा सोच्ने गर्छौं फरक सिद्धान्त र बिचार बोकर तत्कालीन विवेकशील नेपाली र साझा पार्टी अलग पार्टी कै रुपमा अघी बढेको भए अहिले कस्तो अवस्था हुनेथियो होलारु अब त्यता फर्किनुको पनी कुनै औचित्य छैन।

कुनै परिवारमा जन्मेकै आधारमा कोही व्यक्तिले हामी माथी शासन गर्न पाउने व्यवस्था त हामी अब परिकल्पना पनि गर्न सक्दैनौ। एकात्मक सत्ताले देश विकास हुने भए २०० वर्ष बढीको राणा शासनमा, करिब ३० वर्षको पंचायत र त्यसपछि करिब १७ वर्षको अप्रत्यक्ष राजाको शासनमा देश विश्वको तुलानामा यति विधि पिछडिने थिएन। गणतन्त्रका अनेक कमजोरीका बाबजुत यो निर्विकल्प छ। क्रमशः यसका कमजोरीलाई सुधार त गर्नु छ नै।

सिंहदरबारको ओरिपरी हुर्कीएर सहज पहुँच भएकालाई संघीयता अनावश्यक लाग्नु, खर्चिलो लाग्नु स्वाभाविक नै हो। राज्यको सम्पूर्ण शक्ति दुइ दर्जन व्यक्ति बाट आठ हजार जनप्रतिनिधीमा प्रत्यायोजन भएको छ। एक दुई व्यक्तिलाई रिझाएर सम्पूर्ण देश आफू अनुसार चलाउने बानी परेकालाई यो परिवर्तनले छटपटी हुनु पनि स्वाभाविक नै हो। संघीयता आवश्यक छ छैन भनेर दरबारियालाई सोधे आउने जवाफ त प्रष्ट छ। एक दसक पनि अभ्यास नभएको व्यवस्थाले परिणाम दिएन भनेर यसको मुल मर्ममा प्रहार गर्नु कत्तिको न्यायोचित हो समयले नै प्रष्ट पार्ला।

धर्म नितान्त व्यक्तिको इच्छा स्वतन्त्रताको कुरा हो। विश्व इतिहासले देखाइसकेको छ जसले धर्म र राज्यलाई जोड्ने प्रयास गरेको छ त्यहाँ शान्तिले बास गरेको छैन। एकाध अपवाद होलान। हाम्रो देशको सुन्दरता नै विविधतामा छ, चाहे त्यो भुगोलको होस या धर्म, संस्कृतको होस। अलिकती शंख्यामा बढी भएकै आधारमा राज्यले कुनै धर्मलाई उचाल्ने र अर्को धर्मलाई तल झार्न मिल्दैन। राज्यको एकमात्र भुमिका हरेक व्यक्तिले आफूले चाहेको धर्म स्वतन्त्र रुपमा मान्न पाउने वातावरण बनाउनु हो। शायद क्षणिक चुनावी फाइदाका लागी धर्मको नाममा गरिने राजनीति जस्तो तुच्छ राजनीति अरु हुन सक्दैन। यो महापाप नगरौं।

हामीले कल्पना गरेको राजनीति व्यवस्था परिवर्तन अथवा अहिलेको संविधान च्यातेर नयाँ संविधान लेख्ने हुँदै होइन। हामीलाई त आम नागरिकको अवस्था परिवर्तन भएको हेर्नु छ। शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सुधार गर्नु छ। यातायात, संचार, विधुतमा सबैको समान र सहज पहुँच जस्ता जनकेन्द्रित राजनीति गर्ने दल आजको आवश्यकता हो भन्ने हाम्रो बुझाई हो। आजको दिनमा विवेकशील साझाले आफुलाइ यी सबै मुद्दाबाट फरक राखेको छ। विवेकशील साझाले कहिले व्यवस्था परिवर्तन र नागरिकको अवस्था परिवर्तन गर्न केन्द्रित हुनेरु

हामीले मान्दै आएको राजनीतिक सिद्धान्त, विचार र बाटो नै फरक परिसकेपछि हामी यो दलमा रहनुको कुनै औचित्य छैन। त्यसैले आजको मिती देखि यो दलमा साधारण सदस्य पनि नरहने गरि सदस्यता त्याग गरेको घोषणा गर्दछौं।

सरला लामीछाने ( केन्द्रीय सदस्य
प्रतिभा डङ्गोल ( केन्द्रीय सदस्य
दीपा अर्याल ( केन्द्रीय सदस्य