जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार ०९:५८

सामाजिक सञ्जालको उपयोग कसरी गर्ने ?


ती पुरुषलाई हार्ट एट्याक भएको रहेछ । अस्पताल आउन अलिकति पनि ढिलो भएको भए ज्यानै जान सक्ने रहेछ । घरभरि मान्छे थिए तर कोहीपनि साथमा अस्पताल ल्याउन तयार भएनन् । उनीहरूका सामु आफ्ना अभिभावकको जीवनभन्दा सामाजिक सञ्जाल प्यारो भयो । स्टाटट लेख्न, पोष्ट गर्न, च्याट गर्न वा अरूको पोस्टमा टीप्पणी गर्नभ्याई नभ्याई थियो। यो कथा हाम्रा हरेक घरको कथा हो, भन्दा फरक पर्दैन

यज्ञप्रसाद शर्मा

केही दिन पहिले मैले एउटा कथा पढेको थिएँ–फेसबुकमा । कथा यस्तो छः परिवारका सबै सदस्यहरू सामाजिक सञ्जालमा व्यस्त थिए । कोही फेसबुकमा, कोही टिकटकमा त कोही ट्वीटरमा र इस्टाग्राममा । घरमूली भद्रपुरुषलाई छातिमा असजिलो महसुस भयो । केही समयमा दुखाइ झन् झन् बढ्यो । उनले परिवारका सदस्यहरूलाई अस्पताल जानुपर्ने बताए । तर श्रीमती, छोरा, छोरी, बुहारी नातिनातिना सबै व्यस्त थिए । श्रीमती र छोराले अस्पतालगएर जाँच गराउने सल्लाह दिए तर जान तयार भएनन् । भद्रपुरुष हिड्दै बाटो लागे ।

घरबाट निस्किदै गर्दा घरको भान्से केटाले देख्यो र सोध्यो । जवाफमा ती भद्रपुरुषले छातिमा अति पीडा महसुस भएर अस्पताल जान लागेको बताए । भान्सेले मालिकको अनुहारमा हेरे । उनी त पसिनाले निथ्रुक्कै भिजेका थिए । छातिमा हात राखेर मुस्किलले हिँडिरहेका थिए । भान्सेले मालिक गम्भीर विरामी हुन लागेको अन्दाज गर्यो र पछि लाग्यो । उसले एम्बुलेन्स बोलाएर अस्पताल पुर्यायो । अस्पताल पुगेपछि व्हील चियरमा बसाएर अस्पतालको आकश्मिक कक्षमा पुर्यायो । डाक्टरले विरामी जाँचेपछिभान्से केटापटि फर्किएर भने, ‘ओहो बुबालाई बेलामा ल्याइपुर्याउनु भयो । तलबाट व्हील चेयर प्रयोग गरेर अझ राम्रो गर्नुभयो । केहीबेर ढिलो गरेको मात्र भएकोभए उहाँलाई बचाउन गाह्रो हुनेथियो ।’

ती पुरुषलाई हार्ट एट्याक भएको रहेछ । अस्पताल आउन अलिकति पनि ढिलो भएको भए ज्यानै जान सक्ने रहेछ । घरभरि मान्छे थिए तर कोहीपनि साथमा अस्पताल ल्याउन तयार भएनन् । उनीहरूका सामु आफ्ना अभिभावकको जीवनभन्दा सामाजिक सञ्जाल प्यारो भयो । स्टाटट लेख्न, पोष्ट गर्न, च्याट गर्न वा अरूको पोस्टमा टीप्पणी गर्नभ्याई नभ्याई थियो।
यो कथा हाम्रा हरेक घरको कथा हो, भन्दा फरक पर्दैन। अहिले सामाजिक सञ्जालले रेडियो, टेलिभिजन र पत्रपत्रिकालाई मात्र होइन मानवीय र सामाजिक सम्बन्धलाई पनि विस्थापित गरिदिएको छ । परिवारको सदस्यहरूसँगै बसेर छलफल गर्दैनन् । सामाजिक सञ्जालबाट आइडिया लिन्छन् । आमाबाट होइन युट्युब हेरेर खाना बनाउन सिक्छन् । स्थानीय विकासको लागि टोलबासीबीच छलफल हुँदैन । मानिसहरू सामाजिक सञ्जालमा व्यस्त हुन्छन् ।हाम्रा वार्तालापहरू सामाजिक सञ्जालले पस्किएको विषयबस्तुबाटनिर्देशित छन् । नयाँ केही देखियो वा भेटियो भने सामाजिक सञ्जालका लागि जोहो गरिन्छ ।घरमा भएका बूढा बाआमा, दाजुभाइ,दिदीबहिनीलाईउपहार दिने भावना समाप्त भएको छ । पूजापाठ, ब्रतबन्ध, विहे वा श्राद्धमा जुटेका आफन्तहरू टिकटक बनाउन जुटिरहेका हुन्छन् ।मानवीय समवेदना नास भइसकेको छ । नयाँ लुगा लगाएयोस वा मेक–अप गरेर अनुहार बनाइयोस फोटो सामाजिक सञ्जालमा नचढाई खान रुच्दैन ।

सामाजिक सञ्जाल पनितन्नेरी र शक्तिशाली हुँदैछ । रेडियो, टेलिभिजनका कार्यक्रमहरू, छापा र अनलाइन्का समाचारहरू सामाजिक सञ्जालमा सेयर नगरी श्रोता, दर्शक नपाइने चिन्ता बढ्ुन थालेको छ । हेरेको, प्रतिक्रिया दिएको, मन पराएको कुरा तत्काल थाहा पाइनु सामाजिक सञ्जालको सबैभन्दा सशक्त पक्ष हो । समग्र सूचना र अन्तरक्रियाको पहिलो थलो सामाजिक सञ्जाल बनिरहेको छ । यसलाई हामीले स्वीकार गर्नैपर्दछ ।यहाँ सामाजिक सञ्जालहरूका राम्रा पक्षको चर्चा गरिएको छ, यसबाट यसको लोकप्रियता बढ्नुको कारण थाहा पाउन सकिन्छ ।

१.तत्काल, व्यापक र धेरै सूचना फैलाउनेःसूचना प्रवाह गर्न सामाजिक सञ्जालहरू प्रभावकारी र छिटो माध्यम बनेका छन् । मान्छेले पाएको सूचना, फोटो वा आवाजहरू ठाउँको ठाउँ तत्काल सञ्चार गर्न सक्छ । पीडा, आक्रोश र अवस्था बिना सम्पादन तत्काल प्रवाहहुन्छ । जुन कुरा अन्य माध्यमबाट संभव छैन ।

२. मामला साझा गर्नेः मूल प्रवाहका सञ्चारमाध्यले समाजमा भएकोअपराधलाई सधै उस्तै तरिकाले प्रस्तुत गर्दछन्। पीडकको भनाइ राख्नेनाममा सफाइ पेश गर्ने अवसर दिन्छ । सामाजिक सञ्जालले पीडितलाई सशक्तीकरण गर्छ, साथ दिन्छ । समसामयिक घट्नाक्रममा प्रतिक्रिया दिन र साझा गर्न आम मानिसलाई उत्प्रेरित गर्छ । सामाजिक सञ्जालले दिने सूचनासामान्य मानिसले बुझने किसिमका हुन्छन् । धेरै पीडितहरूमूल प्रवाहको मिडियामा खुलेर बोल्न असुरक्षित महसुस गर्छन् । तर, सामाजिक सञ्जालमा परिचय लुकाएर तथ्यहरू खुला गर्न सक्छन् । यसबाट खोज र न्याय प्राप्ति सहज बन्छ ।

३.आवाजमा आवाज जोड्नेः सामाजिक सञ्जालले संसारका हरकोही व्यक्तिलाई आपसमा मिलेर आवाज उठाउनेअवसर दिन्छ । मानिसले आफ्नै घरमा बसीबसी विमति राख्न, टिप्पणी गर्न, सूचना साझा गर्न, सम्बन्धित ठाउँमा उजुरी गर्न र ऐक्यबद्धता जनाउन सक्छन् । ह्यास्ट्याकको माध्यमबाट विश्वभरि सूचना साझा गरीआन्दोलनचर्काएका थुप्रै उदाहरणछन् ।

४.आन्दोलन र अभियानमा हातेमालो : कुनै पनि सामाजिक आन्दोलनलाई सशक्त बनाई सही निष्कर्षमा पुर्याउन सामाजिक सञ्जाल प्रभावकारी माध्यम बनेको छ । धेरैवटा आन्दोलनहरू ट्वीटर, च्याट अभियानका रूपमा चलेका छन् । आन्दोलनको मोडेल परिवर्तन गर्न र विभिन्न पक्षसँग सम्वाद गर्न सामाजिक सञ्जाल सहज बनेको छ । आन्दोलनमा जुट्न मात्र होइन आवश्यकता पर्दा तितरवितर हुन सहयोग गर्छ ।

५. भ्रमपूर्ण सूचना चिर्नेः सामाजिक सञ्जालले गलत कार्यका विरूद्ध एकताबद्ध हुन र भ्रमपूर्ण समाचारको त्काल खण्डन गर्न हरेक व्यक्तिलाई शक्ति दिएको छ । व्यक्ति र घट्नाका विषयमा भ्रमपूर्ण समाचारको खण्डन सामाजिक सञ्जालमार्फत गरिन्छ । सामाजिक सञ्जालबाट व्यक्तिभित्र रहेको पीडा, लुकेको अपराधउजागर हुन्छ । सामजिक सञ्जालबाट पोल खुलेर अन्यायका विरूद्धआवाज उठाई पीडकलाई कानूनी कारवाहीको दायरामा ल्याएका थुप्रै उदाहरणहरू छन्।

६.संस्था र व्यावसायको प्रबद्र्धनः व्यावसायिक संस्थाहरूले आप्mनो उत्पादनको युटुब र टिकटक बनाएर निःशुल्क प्रचार गरी प्रबद्र्धन गरिरहेका हुन्छन् । सामाजिक सञ्जाल सार्वजनिक सञ्चारमाध्यमभन्दा सजिलो र कम खर्चिलोहुन्छ । अन्य सञ्चार माध्यमलाई चर्को मूल्य तिर्नुपर्ने, कडा नीतिगत अवरोध पार गर्नुपर्ने हुनाले प्रबद्र्धनको माध्यमका रूपमा सामाजिक सञ्जाल रोज्न थालिएको छ ।

सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने?

सामाजिक सञ्जाल आधुनिक सूचना प्रविधिको उपज हो । यसले मानवका लागि धेरै संभावना लिएर आएको छ । यसका राम्रा पक्षहरू छन् अनि त्यतिकै मात्रामा समस्या र चुनौतीहरू छन्,जसले मानव जीवनलाई नै दुःखी बनाइरहेको छ ।सामाजिक सञ्जालसँग जोडिएका गुनासा र सवालहरू जेजस्ता भए पनि यसको प्रयोगबाटअलग्ग रहेर आजको मानव जीवन चल्न सक्दैन । यसलाई व्यक्तिगत, पारिवारिक, सामाजिक र व्यावसायिक जीवनमा प्रयोग गर्नुको विकल्प छैन । यसर्थ मानवको जीवनमा यहाँ सकेसम्म कम हानी हुने गरी यसलाई कसरी उपयोग गर्ने भन्ने विषयमा चर्चा गरिएको छ ।

क.धेरै समय चलाउन नहुनेः धेरै समय सामाजिक सञ्जाल प्रयोग गरिरहँदा मानिसलाई सामाजिक सञ्जाल प्रयोगको लत लाग्न सक्छ, जुन हानिकारक हुनसक्छ । त्यसैले यसबाट बच्न आफनो लागि उपयुक्त सामाजिक सञ्जाल छान्ने र चाहिंदो कामको लागि मात्र प्रयोग गर्ने बानी बसाल्नु पर्दछ । यसका लागि निश्चित समय छुट्याउन सके अझ राम्रो हुन्छ ।

ख.सामाजिक सञ्जालको कुलतमा नफस्ने ः यदि कोही व्यक्ति सामाजिक सञ्जालप्रयोग गर्न नपाउँदा एक्लो र छटपटि महसुस गर्छ, रमाउन नसकी हरपल सामाजिक सञ्जालमा रमिरहने अवस्था आयो भने त्यो अवस्थालाई नशा वा लतमा फसेको मान्न सकिन्छ । यस्तो नशा लाग्नबाट बच्न अफलाइन्काम गर्ने, साथीहरूसँग भेट्घाट गर्ने, सामूहिक कार्यक्रममा रमाउने बानी बसाल्नु पर्दछ ।

ग.स्टाटस अद्यावधिक गर्ने तर अरुको प्रतिक्रियामा नअलमलिनेः सामाजिक सञ्जालको प्रयोगबाट देखिएको अर्को समस्या आफ्नो स्टाटस बारम्बार अद्यावधिक गरिहने र अरुको स्टाटसमा पनि प्रतिक्रिया दिइरहने बानी हो । कसैले जबर्जस्ती काममा खटाए जस्तो वा सजाय दिए जस्तो अवस्था । यस्तो कार्यले मानिसको दिमागमा एक किसिमको बोझ महसुस हुन्छ । मानसिक थकावट हुन्छ । यस्तो समस्याबाट पार पाउन सञ्जालको प्रयोगनिश्चित समयअवधिमा मात्र गर्ने बना िबसाउनु पर्दछ । आप्mनो अद्यावधिक गर्ने तर अरुकोमा टिप्पणी गरिनरहने । सामाजिक सञ्जालको प्रयोगलाई मनोरञ्जनको रूपमा लिने जिम्मेवारीका रूपमा होइन ।

घ. आफन्त र साथीसँग सम्बन्ध नटुटाउने : सामाजिक सञ्जालमा नियमित जोडिने मान्छेले परिवारका र आफन्तका लागि समय दिन सक्दैन । साथी, दाजुभाइ र नातेदारहरू मात्र होइन श्रीमती/श्रीमान र छोराछोरीका लागि समय दिन सक्दैन । मानिसले सफल हुन सामाजिक सञ्जाललाईभन्दा सामाजिक सम्बन्धलाई प्राथमिकता दिनुपर्छ । आमाबुबा, दाजुभाइ, नातेदार र साथीका लागि समय दिनुपर्ने बेला जब आउँछनि तत्काल सामाजिक सञ्जालबाट बाहिर आउने क्षमता बनाउनु पर्दछ ।

ङ. सामाजिक सञ्जाललाई व्यवस्थित गर्नेः सामाजिक सञ्जालमा धेरै अनावश्यक लिङ्क रअसान्दर्भिक साथीसँग जोडिइन्छन् । यस्ता लिङ्कमा जोडिँएको कारण धेरै अनाश्यक सूचनाहरू तपाईंकोसामु आउनसक्ने संभावना रहन्छ । यदि असान्दर्भिक सूचनाहरू धेरै नै आउन थाले भने त्यस्ता लिङ्क र मित्रबाटअलग्गिनु राम्रो हुन्छ ।यसका लागि बेलाबेलामा गोडमेल गरेर अनावश्यक लिङ्क र अनावश्यक मित्रलाई सञ्जालबाट हटाउनु पर्दछ ।

च. समय खेर नफाल्नेः कहिलेकाही आफूलाई काम नलाग्ने, मन नपर्ने मान्छेसँग सामाजिक सञ्जालले जम्काभेट गराउँछ । बेसन्दर्भका मानिससँग सामाजिक सञ्जालमाजम्काभेट भयो भने आप्mनो समय त खेर जान्छ नै साथै उनीहरूले अनावश्यक र झन्जटिला प्रश्न सोधेर हैरान पार्दछन् । त्यस्तो बेलामा क्षमा मागेर तुरुन्त विदा लिनु उचित हुन्छ ।बरू त्यो समय अरु नै उपयोगी काममा लगाउनु पर्दछ ।

छ. मानसिक समस्याबाट जोगिने : सामाजिक सञ्जालमा निरन्तर अल्झिनेहरू फुर्सदको समयमा परिवार र साथीसँग पनि कुराकानी गर्दैनन् । उनीहरूमा एकोहोरो पन, आफन्तसँग खुलेर कुराकानी नगर्ने, केही कुरा सोध्यो भने झर्किने र एक्लोपन महसुस हुनेजस्ता लक्षण देखिनसक्ने,मनोरोग विज्ञहरूले उल्लेख गरेका छन् । त्यसैले सामाजिक सञ्जालमा लिप्त नभई मनोरोगी हुनबाट जोगिने उपाय गर्नुपर्दछ ।

ज. फोटो अपलोड र टिप्पणी गर्दा ध्यानदिने : यदि कसैले फोटो सामाजिक सञ्जालमा राख्छ वा साझा गर्दछ भने त्यो फोटो सार्वजनिक हुन्छ । जोकोहीले हेर्न र प्रयोग गर्न पाउँछन् । अरूले राखेको फोटोमा टिप्पणी,लाइक गर्दा त्यो आफनो टाइमलाइनसँग जोडिएर रहन्छ । फोटो हेरी आफूले वा परिवारले मात्र हेर्न पाउने गरी, साथीले वा सबैले हेर्न पाउने गरी प्राइबेसी मिलाएर अपलोड गर्नुपर्दछ । ता कि सबै फोटो सबैका लागि सार्वजनिक हुँदा हुने हानीबाट बच्न सकियोस् । सार्वजनिक भएका फोटोहरू दुरुपयोग हुनसक्ने संभावना हुन्छ । जथाभावी लाइक,सेयरर टिप्पणी गरेको कारण साइबर अपराधको मुद्दामा फस्ने खतरा हुन्छ, भन्ने कुरा बिर्सनु हुँदैन ।

झ. पारिवारिक र सामाजिक सम्बन्धलाई प्राथमिकता ः सामाजिक सञ्जालको अत्यधिक प्रयोगले कतिपय मानिसको पारिवारिक र सामाजिक सम्बन्ध विग्रिएको छ । कतिपयको सम्बन्धमा धमिलोपन आएको छभने कतिपयको टुटेको छ । श्रीमान वा श्रीमती घरमै छन् तर दुबैले बाहिरकाहरूसँग च्याट गर्छन् भने सम्बन्ध कता जाग्छ ? आपसमा प्रेमिल कुरा गर्नुको साटो अरूको प्रशंसामारम्न थालेपछि मनमा शंका र सम्बन्धमा दरार उत्पन्न हुने संभावना रहन्छ । यसर्थ, घरमा भएको बेला सामाजिक सञ्जाललाई भन्दा आप्mनो विवाहित जोडीलाई समय दिनुपर्दछ । भनिन्छ, दम्पतिले जति धेरै समय आपसमा बिताउँछन्, उनीहरूको सम्बन्धमा त्यति नै गाढा बन्छ ।

ञ. गोपनीयताको सवाल : सामाजिक सञ्जालमा राखिएको सूचना अरुले दुरुपयोग गर्ने संभावना रहन्छ । त्यसैले सामाजिक सञ्जालमा राख्नुअघि सूचनाको संवेदनशीलता बारे विचार गर्नुपर्दछ ।हिड्ने बेलामा बाहिर जाँदै गरेको स्टाटस लेख्ने, छोराछोरी र परिवारका सदस्यको विवरण र फोन नम्बर राख्ने जस्ता कार्यले सुरक्षा जोखिम बढाउँछ । अभिभावकले आप्mना नानीहरूले कुन इन्टरनेट साइट प्रयोग गरिरहेका छन् भन्ने कुरामा ध्यान दिनुपर्दछ । वयस्कले पनि व्यक्तिगत सूचनाहरू गोप्य राख्ने कुरामा विशेष सजक हुन आवश्यक छ ।

ट. छद्म मित्रबाट होसियार : कतिपय छद्म नामबाट सामाजिक सञ्जालमा जोडिन्छन् । उनीहरुको बास्तविक नाम, फोटो र अन्य जानकारी खुलाएको हुँदैन । गलत नियत भएका र विगतमा कुनै कारणबस खाता बन्द भएका व्यक्तिहरू प्रायः यसो गर्छन् । यस्ता व्यक्तिसँग आफूले कुनै सूचना नदिनु राम्रो हुन्छ । जतिसुकै साखुल्ले भएर प्रस्तुत भए पनि जन्ममिति, वास्तविक ठेगाना, सधैं आउनेजाने बाटो, परिवारका सदस्यको विवरण, मोबाइल नम्बर, बैंक खाता, पासवर्ड, मन पर्ने वा नपर्ने कुरा बताउनु हुँदैन ।अपराधीहरू विभिन्न स्वरूपका हुनसक्छन्,सामाजिक सञ्जालबाट नजिकिएर अपराध गर्ने नियत भएका हुनसक्छन् ।तिनीहरूको फन्दामा पर्नबाट होसियार रहनु पर्दछ ।

ठ.बालबालिकाको शिक्षाको स्तर ह्रास हुन नदिनेः सामाजिक सञ्जालमा लग्गू भएका बालबालिकाको पढाइ कमजोर हुनथाल्दछ । उनीहरूको पढाइको स्तर खुम्चिएर अघिल्लो वर्षको तुलनामा श्रेणी झर्ने अवस्था देखापर्दछ । यस्तो कुरामा अभिभावकलेगम्भीर भएर ध्यान दिनुपर्छ । उनीहरूलाई सामाजिक सञ्जालको लतबाट छुटाउन र पढाइका केन्द्रित हुन प्रेरित गर्नुपर्दछ ।

सामाजिक सञ्जालकोपक्ष र विपक्षमा तर्क गर्दै विश्वभर बहस भइरहेको छ । हामीले पनि यसका सकारात्मक पक्षलाई उपयोग गर्न रनकारात्मक प्रभावबाट जोगिन सक्नु पर्दछ । यद्यपि सामाजिक सञ्जाल प्रयोग गर्नु आफैंमा नराम्रो होइन । यो आधुनिक सूचना प्रविधिले ल्याएको उपलव्धि हो । हरेक नयाँ उपलब्धिको झैं यसको अथाह संभावना छ । यसबाट बेखबर रहेर अबको जीवन चल्न सक्दैन । खासगरी घरमै बसेर काम गर्नेहरूका लागि निक्कै उपयोगी छ यो । हुन पनि कार्यालयको र घरायसी कामले थकित भएको बेला सामाजिक सञ्जाल प्रयोग गरेर देश र दुनियाका बारेमा अद्यावधिक हुँदा रविचार वा तस्बीर अपलोड गरेर अरुबाट टिप्पणी पाउँदा कम रमाइलो महसुस हुन्छ र? नियमित कामबाट फुर्सद निकालेर चलाउँदा यसले ताजापन महसुस गराउँछ ।

व्यक्तिगत ब्लग चलाउने ब्लगरहरू पनि सामाजिक सञ्जालमा रमाउँछन् । किनभने ब्लगमा नजोडिएका व्यक्तिहरूसँग सामाजिक सञ्जालमा मित्रता र सूचना आदानप्रदान गर्दा महसुस हुने रमाइलो अन्त कहाँ मिल्छर ?
मित्रहरू, सामाजिक सञ्जालका धेरै नकारात्मक असरहरू छन् । तिनलाईहेरेर खाता बन्द नगर्नुुहोला । सामाजिक सञ्जालसँगसम्बन्ध विच्छेद नगर्नुहोला । बरू नियमित काममा बाधा नपर्ने गरी, पेशा र व्यवसायमा सहयोग पुग्ने गरी यसलाई उपयोग गर्न सिकौं ।

तपाईले आफ्नो अनुकुलसमयमा प्रयोग गरेर सामाजिक सञ्जालको उपयोग गर्न सक्नुहुन्छ ।होइन भने सामाजिक सञ्जालले तपाईंलाई नै उपयोग गरिदिन सक्छ ।सामाजिक सञ्जाल आफ्नो हितका लागि चलाउने हो, त्यसको लागि दास बन्ने होइन । यस विषयमा विश्वका चर्चित डिजिटल विश्लेषक तथा मानवशास्त्री ब्रियन सोलिसको विचार यहाँ सान्दर्भिक हुन आउँछ । विद्वान सोलिससामाजिक सञ्जालको महत्वबारे वर्णन गर्दै भन्छन्,‘सामाजिक सञ्जालले हाम्रो लागि अवसर ल्याइदिएको छ,जसबाट मानिसले आवाज उठाउन, लोकतान्त्रिक विषयबस्तु र विचारको माध्यमबाट समान सोचबनाउन, एकीकृत हुन, आन्दोलन गर्न र परिवर्तनको लागि उर्जाशीलबन्न पाएका छन् ।’ [email protected]