जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार १६:२०

माछा वा समुन्द्री खाना खानुअघि एकछिन सोचौं त


यो विश्वभरमा खेती गरिने जमिन भन्दा चार गुणाले बढी हो । माछा मार्न धेरैजसो मानिसहरुले फिसिङ कानूनको पालना गरेपनि केहिले भने त्यसको उल्लंघन गर्ने गर्छन् ।

यसले व्यापार र समुन्द्र दुवैलाई नोक्सान पुर्याउँछ । यस्ता मानिसहरुले आवश्यकता भन्दा धेरै माछा समुन्द्रबाट निकाल्छन् । यसले समुन्द्रमा माछाको सन्तुलन बिग्रन्छ र माछापालनमा पनि नोक्सान पुग्छ ।

अरबौं डलरको कारोबार

धेरै देशहरुले माछा मार्ने कानून कडाइका साथ लागु गरेका छैनन् । यसै कारणले पनि गैर कानूनी तरिकाले माछा मार्ने कारोबार लाखौं डलरसम्म पुगेको छ ।

कानूनी र गैरकानूनी दुवै तरिकाबाट हरेक वर्ष करिव २३ अर्ब डलरको माछा समुन्द्रबाट मात्रै निकालिन्छ । विश्व खाद्य संगठनका अनुसार समुन्द्रमा माछाको सङ्ख्या कम भएमा विश्वभरमा लाखौं मानिसहरुको जागिर जाने मात्रै होइन खाद्यसंकट पनि पैदा हुन सक्छ ।

खासमा गैरकानूनी तरिकाले माछा मार्ने काम लुकिछिपी हुन्छ । समुन्द्रमा लाखौं जहाजहरु माछा मार्नको लागि प्रयोग हुन्छन् । यस्तोमा कसले वैध र कसले अवैध तरिकाले माछा मारिरहेको छ भन्ने पत्ता लगाउन पनि मुस्किल हुन्छ ।

यसमा रोक लगाउने उद्धेश्यले सन् २०१६ मा स्काई ट्रुथ र गुगलको सहयोगमा ग्लोबल फिसिङ वाच तयार गरिएको छ, जसले स्याटेलाईट डाटाको मद्धतले पर्यावरण संरक्षणको काम गर्छ ।

यो एक म्यापिङ प्ल्याटर्फम होे । यो म्यापको माध्यमले विश्वभरमा चलिरहेको कमर्सियल फिसिङ पत्ता लगाउन सकिन्छ ।

स्याटेलाइटको प्रयोग

समुन्द्री पर्यावरण संरक्षणको लागि काम गरिरहेको संस्था ओसियानाले समुन्द्रमा चलिरहेको गैरकानूनी गतिविधिमा नजर राख्न यो डाटाको प्रयोग गरिरहेको छ ।

धेरै ठूला ठूला जहाजहरुमा अटोमेटिक आइडेन्टिफिकेसन् सिस्टम अर्थात एआइएस लगाइएको हुन्छ । यसबाट स्याटेलाइटको माध्यमले जहाजहरुको स्थिती थाहा हुन्छ र सानो जहाजहरुसँग ठोक्किनबाट बँच्छ ।

यो डाटाको प्रयोगबाट करिब ७० हजार जहाजहरु देख्न सकिन्छ । एआइएसकाको कारणले ग्लोबल फिसिङ वाच आँकडाबाट कुन जहाज कुन समयमा माछामारिरहको छ भन्ने थाहा हुन्छ ।

नक्सामा देख्न सकिने रातो रंगको इलाकालाई नो टेक भनिन्छ । यो समुन्द्रको संरक्षित क्षेत्र हो । जहाँ व्यावसायीक रुपमा माछा मार्ने इजाजत छैन ।