इन्जिनियर बन्ने सपना थियो तर परिवारको इच्छा अनुसार नर्स बनिन्, टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालकी नर्सिङ निरीक्षक बेली पौडेल। चितवनमा जन्मिएकी पौडेलले वीरगन्ज नर्सिङ कलेजबाट पढाइ सकिन्। त्यसपछि कहिले प्रोजेक्टमा त कहिले अस्पतालमा काम गर्दै थिइन्। यही क्रममा २०५१ सालमा उनले लोकसेवा पास गरिन्। त्यसयता उनी सरकारी नर्स भएर सेवा गरिरहेकी छन्। सेवाको दौरानमा उनले भोगेका अनुभव स्वास्थ्य खबरपत्रिकाकी सिर्जना खत्रीसँग यसरी सुनाइन् :
सरकारी नर्स भएर बिरामीको सेवा गर्न लागेको २४ वर्ष भयो। यतिका वर्षमा थुप्रै बिरामीको सेवा गरिसकेकी छु। बिरामीको संख्या त गनिएको छैन तर हजारौं पुगे होलान्। सेवाका क्रममा कोही बिरामी निको भएपछि खुसी हँुदै घर फर्किएर जान्छन् र पछि पनि बेलाबेलामा भेट्न आउने गर्छन्। तर, कतिपय बिरामी यस्ता हुन्छन्, जो जति राम्रो सेवा दिए पनि कहिले पनि खुसी हुँदैनन्।
सरकारी सेवामा प्रवेश गरेपछि मेरो पोस्टिङ वीरगन्जस्थित नारायणी अस्पतालमा भएको थियो। त्यतिबेला छोरो आठ महिनाको मात्र थियो। हामी काठमाडौंमै बस्थ्यौं। काखेछोरालाई छाडेर बिरामीको सेवाका लागि जानुपर्दा निकै गाह्रो लागेको थियो। अहिलेको जस्तो मोबाइल थिएन। कुराकानी गर्न समस्या थियो। अस्पतालमा ड्युटी सकेपछि छोराको सम्झनाले सताउँथे। कति रात त काखेछोरा सम्झेर रुँदै बसेँ। तर, मेरो तीन महिनामा नै सरुवा भयो। निकै खुसी लाग्यो।
त्यसपछि मैले कान्ति बाल अस्पतालमा सेवा सुरु गरेँ। २४ वर्षअघि हामी दुई जना नर्सले ५० भन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था थियो। २५ जना बिरामीलाई औषधि दिने लगायतका अन्य नर्सिङ सेवा पुर्याउनुपथ्र्यो। जटिलदेखि सामान्य समस्याका बिरामी हुन्थे। अभिभावकले समयमा नै उपचारका लागि नल्याउँदा बिरामी निकै गम्भीर अवस्थामा आइपुग्थे। त्यस्तो बेला एक पटकमा २५ जना हेर्न निकै कठिन पथ्र्यो।
एक जना ८/९ वर्षको बच्ची टाइफाइड भएर अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई नसाबाट औषधि दिनुपर्ने थियो। हातमा लगाइएको क्यानुलाबाट उनलाई ४५ मिनेट लगाएर सिफ्रन औषधि दिनुपर्ने थियो। मैले नियम अनुसारै औषधि दिएँ र अन्य बिरामीतिर लागेँ।
केही समयपछि ती बालिकाको क्यानुलाबाट थोरै रगत देखिएछ। त्यही निहुँमा बच्चीका बुबाले मालई धेरै गाली गरे। भन्नु÷नभन्नु भने। यो नर्सलाई औषधि दिन आउने रहेनछ, सिकारु नर्स रहिछ भन्दै गाली गरे। मैले उनलाई सम्झाउने प्रयास गरेँ। उक्त औषधि त्यसैगरी दिने हो भन्दा पनि सुन्न चाहेनन्। यो क्रममा क्यानुलामा थोरै रगत देखिनु सामान्य हो, रगत देखिँदैमा आत्तिनु पर्दैन भनेर सम्झाएँ। तर विश्वासै गरेनन्।
प्रतिक्रिया दिनुहोस्