जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार २१:४४

लेखर्कका विद्यार्थीलाई कपडा वितरण 


काठमाडौं, १६ जेठ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कको श्री जनज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिएको छ ।

विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई कपडा प्रदान गरिएको हो । विद्यार्थी नेता तिलक घतानीको समन्वयमा एभरेष्ट वासिङ एण्ड गार्मेण्ट कम्पनी प्रालिले विद्यार्थीलाई कपडा उपलब्ध गराएको हो ।

सो विद्यालयमा सिमान्तकृत पहरी समुदायका बालबालिका अध्ययन गर्ने गर्दछन् । आर्थिक रूपमा विपन्न अभिभावकका बालबालिकालाई कपडा प्रदान गरेकोमा निक्कै सहयोग भएको विद्यालयकी प्रधानाध्यापक पार्वती कँडेलले जानकारी दिनुभयो ।

कपडा वितरण कार्यक्रममा एमाले नेता तुलप्रसाद कँडेल, स्थानीय समाजसेवी राजुराम पाठक, शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो ।