जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार २०:४७

अनेरास्ववियुका केन्द्रीय सदस्यकाे समन्वयमा चारवटा आधारभूत विद्यालयका विद्यार्थीलाई कपडा वितरण 


काठमाडौं, १७ जेठ । अनेरास्ववियुका केन्द्रीय सदस्य तिलक घतानीको पहल र समन्वयमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका चारवटा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कपडा वितरण गरिएको छ ।

विद्यार्थीहरूलाई एभरेष्ट वासिङ एण्ड गार्मेण्ट कम्पनी प्रालिले कपडा उपलब्ध गराएको हो ।

सो गाउँपालिकाका आदिवासी तथा सीमान्तकृत समुदायका विद्यार्थी अध्ययन गर्ने विभिन्न चारवटा विद्यालयका ४८ जना विद्यार्थीलाई कपडा प्रदान गरिएको घतानीले जानकारी दिनुभयो ।

घतानीका अनुसार जनज्वती आधारभूत विद्यालयका १४ जना विद्यार्थीलाई कपडा दिइएको छ । त्यस्तै धन्यश्वरी आधारभूत विद्यालयका १३ जना, नवज्वती आधारभूत विद्यालयका ११ जना र कुशेश्वर आधारभूत विद्यालयका ९ जना विद्यार्थीलाई तयारी कपडा प्रदान गरिएको छ ।

कपडा वितरण कार्यक्रममा अभिभावक शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।