जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार १०:५२

अस्तित्व र पहिचानको युद्धमा फसेको संसारको एक मात्र यहूदी राष्ट्र


एजेन्सी,१८ चैत । तेल अवीवको मुख्य सडकमा टायरको आगो बलिरहेको थियो र सोही क्रममा अस्पतालका डाक्टरहरू हडतालमा उत्रिए ।

इजरायलको मुख्य एयरपोर्ट बन्द गर्नुप¥यो, मानौं बेन्जामिन नेतान्याहुले सिंगो देशलाई ‘प्रतीक्षा मोड’मा राखेका थिए ।

सोमबारदेखि इजरायलको सडकमा अभूतपूर्व विरोध प्रदर्शन भइरहेको छ । देशका न्यायाधीशको अधिकार घटाउने सरकारको प्रस्तावलाई लिएर सुरु भएको आन्दोलन उत्कर्षमा पुगेको छ । संकटको यो अवस्थामा सबैको नजर प्रधानमन्त्रीमा केन्द्रित छ, उनले के कदम चाल्छन् ?

राति आठ बजे देशको राष्ट्रिय टेलिभिजनको शीर्ष समाचार कार्यक्रममा प्रत्यक्ष सम्बोधनका लागि आउँदा उनले आफूलाई सुरुमा राजा सुलेमानको कथासँग तुलना गरे ।

राजा सुलेमानको कथामा, राजाले एउटा बच्चालाई दुई जना महिलाले आफ्नो बच्चा भएको दावी गर्दथे बास्तवमा बच्चाको आमा एउटै महिला हुन सक्थिन्, कुन महिला बच्चाकी वास्तविक आमा हुन भन्ने राजा सुलेमानले निर्णय गर्नुपथ्र्यो । यो कथालाई उल्लेख गर्दै नेतान्याहुले सुधार कार्यक्रमका सम्बन्धमा दुई पक्षको दाबीलाई लिएर आफूले निर्णय लिएको बताए ।

उनले संसदको अर्को अधिवेशनसम्म न्याय प्रणाली परिवर्तन रोक्ने घोषणा गरेका छन् । यससँगै उनले संसदमा विपक्षीतर्फ हात बढाउँदै सहमति र वार्ताको संकेत पनि गरेका छन् ।

उनको घोषणापछि स्थितिमा केही सुधार आएको छ । अर्कोतर्फ विपक्षी दलहरुले भने आफ्नो विरोधका कारण प्रधानमन्त्री झुक्नुपरेको बताएका छन् ।

विपक्षी क्याम्प विभाजित ?
तर, उनको निर्णयले देशभित्रै भइरहेका विरोधको आन्दोलन पनि दुई भागमा विभाजित भएको छ –संसदमा प्रधानमन्त्रीको निर्णयलाई प्रतिपक्षका प्रमुख राजनीतिक दलले सजगताका साथ स्वागत गरेका छन् भने सडकमा आन्दोलन गरिरहेका नेताहरु भने अस्थायी प्रतिबन्धप्रति सन्तुष्ट छैनन् उनीहरुले आन्दोलन जारी राख्न आग्रह गरेका छन् ।

त्यसो त यस संकटको अधिनस्थ केही ठूला संकटहरू पनि छन् – यहूदी धर्म मान्ने इजराइलमा यहूदी धर्म र सरकारको भूमिकामा विभाजित छ, सत्तामा सरकारको खतरनाक नियन्त्रणको मुद्दा र प्यालेस्टाइनसँगको राजनीतिक सम्बन्धको भविष्य प्रश्नमा छ – एउटा संकट जुन हिजोआजका दिनहरूमा गहिरो हुँदै गइरहेको छ ।

कथाको उल्लेख गर्दै बेन्जामिन नेतान्याहुले भने कि उनी यो देशलाई त्यसरी विभाजित गर्न चाहँदैनन् जसरी एउटी आमाले आफ्नो बच्चालाई दुई भागमा विभाजन गर्न अस्वीकार गर्छिन् ।

यद्यपि उनका आलोचकहरूले सुधारको विरोधलाई दबाउन उनले लामो समय लगाएको बताउँछन् । आलोचकहरूका अनुसार उनले ढिलाई गरेरै देशमा विद्रोहलाई यो तहमा पु¥याएका हुन् ।

यद्यपि, नेतान्याहुले आफ्ना केही आलोचकहरूलाई सम्पूर्ण समस्याको लागि दोष दिए र भने कि उनीहरू बच्चालाई दुई भागमा काट्न तयार छन् । नेतान्याहुले आफू जिम्मेवार कदम चाल्न तयार रहेको बताउँदै भने, ‘म देशलाई दुई भागमा विभाजन गर्ने पक्षमा छैन ।’

यसो भन्दै उनले जनताको ध्यानाकर्षण गराएको स्पष्ट छ कि यो कठिन परिस्थितिमा देशलाई बचाउन सक्ने नेतान्याहु मात्र त्यस्ता व्यक्ति हुन् ।

प्रदर्शनका सम्बन्धमा सेनाको चेतावनी
गत वर्ष नेतन्याहु सत्तामा फर्किएपछि विरोध प्रदर्शनमा उल्लेखनीय वृद्धि भएको छ । नेतान्याहुले इजरायलको इतिहासमा सबैभन्दा चरम दक्षिणपन्थी सरकारको नेतृत्व गरे पनि उनले देशको न्यायिक प्रणालीको शक्तिलाई नियन्त्रण गर्ने प्रयास गरेका छन् । उनले कट्टर दक्षिणपन्थी राजनीतिक दलहरूलाई एकताबद्ध गरेर सत्तामा फर्केका हुन् र संकटको घडीमा उनीँप्रतिको विश्वास बलियो हुँदै गएको छ ।

न्यायिक परिवर्तनले सरकारलाई न्यायाधीश नियुक्ति गर्ने समितिमाथि पूर्ण नियन्त्रण दिनेछ र असंवैधानिक विधेयकलाई कानून बन्न नदिन सर्वोच्च अदालतको एउटा महत्वपूर्ण अधिकारमा कटौती गर्नेछ ।

यस परिवर्तनको प्रस्तावका कारण आधुनिक इजरायलको युगको सबैभन्दा ठूलो राजनीतिक र सामाजिक विवाद सुरु भयो । त्यसैगरी, नेतान्याहुका विरोधीहरू डराउँछन् कि कट्टरपन्थी दक्षिणपन्थीहरूको सरकारले देशलाई त्यस्तो समयमा लैजान सक्छ जहाँ सत्तामा रहेकाहरू भगवान जस्तै बन्छन् ।

अर्कोतर्फ, अन्य व्यक्तिहरूले विश्वास गर्छन् कि यी परिवर्तनहरूले नेतान्याहूलाई भ्रष्टाचारका मुद्दाहरूमा मद्दत पु¥याएको थियो, यद्यपि नेतान्याहूले भ्रष्टाचारको आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै आएका छन् ।

त्यसैगरी, त्यहाँ परिवर्तनको पक्षमा बलियो जनमत छ । देशको राष्ट्रिय राजनीतिक एजेण्डा बाहेक राजनीतिक प्रतिपक्षलाई निरन्तर साथ दिने न्यायधिशलाई यसले अंकुश लगाउने उनीहरुको भनाइ छ । यी मानिसहरू विश्वास गर्छन् कि यी न्यायाधीशहरूलाई देशको अल्पसंख्यक जनसंख्याको समर्थन छ ।

तर यी परिवर्तनहरूको विरोध इजरायली सेनामा व्यापक रूपमा फैलियो । कथित रूपमा, यो भनिएको छ कि इजरायलका सेना प्रमुखहरूले नेतान्याहूलाई चेतावनी दिएका छन् कि यो विरोधका कारण इजरायली सेनाको सैन्य क्षमता प्रभावित भएको छ ।

यही कारणले गर्दा इजरायलका रक्षामन्त्री योभ गालान्टले सार्वजनिक रूपमा सुधारमा प्रतिबन्ध लगाउन माग गरेका थिए । त्यसपछि नेतान्याहुले उनलाई मन्त्रिपरिषद्बाट बर्खास्त गरे, त्यसपछि सोमबार विरोध प्रदर्शन बढ्यो ।

युद्धविराम स्थिति
सहमतिका सम्बन्धमा गठबन्धन सरकारमा रहेका कट्टरपन्थी मन्त्रीहरुसँग चलिरहेको वार्ताका कारण नेतान्याहुले देशलाई सम्बोधन गर्न ढिलाइ भएको मानिएको छ । यी मन्त्रीहरूलाई सुधार रोक्न तयार गर्न उनलाई समय लाग्यो ।

यो सोमबार साँझ स्पष्ट भयो जब अति दक्षिणपन्थी यहूदी शक्ति पार्टीका नेता र देशका रक्षा मन्त्री इटामार बेन गदरले राष्ट्रिय गार्डको लागि आफ्नो योजना अगाडि बढाउन सक्षम हुने बताएका थिए, जसमा लाखौं डलर विनियोजन गरिएको छ ।

नेशनल गार्ड सिधै रक्षामन्त्रीको मातहतमा सशस्त्र प्रहरी बल हुनेछ । यसअघि यो सेनामार्फत यहुदी र अरब बसोबास भएका सहरहरूमा शान्ति स्थापना गर्न भनिएको थियो भने अपराध बढी हुने प्यालेस्टिनी जनसङ्ख्या भएको क्षेत्रमा पनि तैनाथ गर्ने योजना छ ।

नयाँ कानुनमा प्रतिबन्ध, तर कहिलेसम्म ?
यद्यपि, इजरायलका केही सरकार विरोधी प्रदर्शनकारीहरूले आफूमाथिको प्रहरी कारबाही र वेस्ट बैंकमा प्रहरी कारबाहीलाई पनि मुद्दा बनाएका छन् । तेल अवीवमा सुरक्षा बलहरूलाई जिस्क्याउर्दैं तिनीहरूले ‘हभारामा तपाईहरू कहाँ हुनुहुन्थ्यो ?’ भनेर नारा लगाए ।

इजरायलका वामपन्थी र शान्ति समर्थकहरू पनि यी प्रदर्शनहरूमा देखिए, तर तिनीहरूको भूमिका महत्वपूर्ण थिएन । त्यसो त विरोध प्रदर्शनको शुरुवातमा, प्यालेस्टिनी झण्डा लिएर प्रदर्शन गरिरहेका मानिसहरूलाई अन्य प्रदर्शनकारीहरूले पनि आक्रमण गरे ।

तर, प्रमुख विपक्षी दलहरूले यो विरोध देशका उदारवादी, धर्मनिरपेक्ष इजरायलीहरूले साँचो यहूदी धर्म, देशभक्ति र लोकतान्त्रिक मूल्यमान्यताको प्रदर्शन भएको दाबी गरेका छन् ।

प्रदर्शनमा इजरायली झण्डा मात्रै देखिन्थ्यो । विपक्षी नेता यायर लापिडले नेतान्याहुको धार्मिक र कट्टर दक्षिणपन्थी गठबन्धनलाई जियोनिस्ट विरोधी र देशको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएका छन् ।

यो संघर्ष इजरायलको अस्तित्व र पहिचानको संघर्ष बनेको स्पष्ट छ । नेतन्याहुले सुधारमा कति समयसम्म रोक लगाएका छन् भन्ने कुनै निश्चित समयसीमा दिइएको छैन, न त वार्ताको समयसीमा घोषणा गरिएको छ ।

यस्तो अवस्थामा उनको सोमबारको घोषणा युद्धविरामको प्रतीक बनेर फेरि द्वन्द्व सुरु हुने विश्वास गरिएको छ । (बिबिसी हिन्दीबाट)