सरकारवाट आश छैन त्यसैले दुई हात जोडेर रेडक्रस गुहार लगाएका हौं । भुकम्पवाट बचिम, अब चिसोले मर्न बाध्य हुदैछम, बचाइ दिनोस
रितू खडका पाल
बझाङ्ग, एकतर्फ राहत नपाएको गुनासो त अर्कातर्फ घर भत्केर त्रिपालको बसाई । रातमा चिसो सित र घर बाहिर बस्दा केही डर लाग्दा हिंसा भैहाल्छ की भन्ने मानसीक तनाव । भुकम्प प्रभावित बझाङ्गका छविषपाथिभेरा गाउपालिका, सुडाला र परियालका स्थानीयवासीमा यस्ता खालको तनावको स्थिति देखापरेको छ । बझाङ्गका छविषपाथिभेरा गापा, सुडाला र परियालका भुकम्पवाट पुर्णरुपमा ध्वस्त भएको वस्ती हो ।
हाइवेको किनारमा रहेको तर ओझेलमा परेको बस्ती, राहत वितरण भयो तर कहाँ कस्लाई, एक त्रिपाल पाएको त्यो पनि रेडक्रसले दिएको र अलि अलि राहत टिकटकर अंशु वर्माले दिएको भन्छन त्यहाँका स्थानीयवासिन्दाले । अहिले भुकम्प गएको २ महिना बिति सक्न थाल्यो, केही पाएका छैनन, यो चिसोले मर्नु भन्दा त्यही चर्केको भत्केको घरभित्र बस्दा उचित मानेर पुनः भत्केको घरभित्र बस्दै आएको देखिन्छ ।
छविषपाथिभेरा गा.पा, परियाल निवासी दिपा गिरी, २० वर्ष, वच्चा जन्मेको दुई दिन हुँदा भुकम्प अयो । ‘म र बच्चा घरभित्र थिएँ, बाहिर भाग्न खोजे तर कमजोरीले उठ्न सकिरहेको थिईन, जसो तसो उठेर आफू र बच्चालाई बोकेर बाहिर ल्याउन सकें, रात भर घर बाहिरको बसाइ, सानो बाबुलाई काखमा च्यापेर बसेको कहिले भुल्न सक्दैन त्यो भोगाइ,’ उहााले भन्नुभयो । आफू बसेको ठाउभरि रगतले भरिएको पुरै शरिर दुखेर मर्न लागेको अवस्थाको बर्णन पनि उहााले गर्नुभयो ।
‘त्यो चिसो बतास चल्दा मुटु थरर गर्थ्यो । उनले अर्को दिन राहत पइन तर १ त्रिपाल मात्र । त्यो पनि रेडक्रसले दिएको थियो । यतिले के हुन्थो जस्तो आभास भएको थियो तर राति टाउकामा झर्ने सितलाई रोक्ने काम गर्यो । तर जमिनवाट आउने चिसो खप्न सार्है गार्हो हुँदोरैछ । रेडक्रसवाट अझै अपेक्षा बढेको छ । ‘रेडक्रसले राहत वितरण गर्दा कुन पार्टी भनेर सोधेन, सबैलाई त्रिपाल वितरण गरेको थियो । यो पक्ष मलाइ राम्रो लाग्यो,’ आँखाभरि आँसु राखेर उहाँले थप्नुभयो, ‘रातीको चिसो खप्न सकिन त्यसैले म फेरी यही भत्केको घरमा फिर्ता भएँर अहिले यही बसेकी छु । बच्चाको माया लाग्छ, बहिर बसे चिसोले मार्छ । भित्र बसे भुकम्पले गरीबको जिन्दगी यस्तै हो ।’
भुकम्पवाट बाचिन तर अब कसरी बाच्ने ? खानलाई गाँस छैन, बस्नलाइ वास छैन, पुरै भत्केको घर छ । कमाउने कोही छैनन, श्रीमान हुनुहुन्थ्यो, उनलाई पनि कालले लग्यो । उहाको श्रीमानको मृत्यु भएको एक महिना बित्यो । आर्थिक स्थिति न्यून भएको कारणले काज किरिया छिमेकीहरुले गरिदिएको लक्ष्मी गिरी बताउनु हुन्छ । आफु ४० वर्षिय एकल महिला, साथमा ६ वटा छोरीहरु छन । जेठी छोरी १६ वर्षकी भने कान्छी छोरी ३ वर्षकी, कसरी पालन पोषन गर्ने भन्ने चिन्ताले रातभर निद लाग्दैन उहाँलाई ।
छिनमा रुन मन लाग्छ त छिनमा आफू पनि मरु र यिनीहरुलाई पनि मारुँ जस्तो लाग्छ भन्नुहुन्छ । ‘मेरो दिमागले केही ठम्याउन सकेको छैन । आज रेडक्रसका व्यक्ति मेरो दैलोमा देख्दा केही आस पलाएको छ । मेरो वासस्थान बन्छ कि भन्ने सानो आस पलाएको छ,’ लक्ष्मीले भन्नुभयो । उहाँका अनुसार घरमा खानलाइ केही छौन, छरछिमेकले रासन पानी जुटाइ दिएका छन ।
बच्चालाई कसरी बचाउने, कसरी पढाउने सुनौलो भविष्य कसरी देउला ? यी सोचेर मन आतिन्छ, कमाउन जाउ भने बच्चा कस्ले हेरिदिन्छ, आफूसँग कुनै सिप छौन चिन्तै चिन्ताले भरिएको छ मरो जिन्दगी । उहाँले थप्नुभयो, ‘यस्ता सस्था छन रे जसले अनाथहरुलाइ पढाउछन् कति बेला लाग्छ म मरेर यिनले राम्रो भविष्य पाउछन भने म मरिदिन्छु, पढाइमा राम्रा छन तर के गरु अव पढाउन सक्दैन । म र मेरो घर यकै खालका भयका छौ, पुरै भत्केका छौं ।’
एकातिर घरवास भत्किएको वियोग, अर्कातिर चिसोले मर्छु कि भन्ने चिन्ताले एकल महिला ६५ वर्षिय हस्तकला गिरी पनि निराश हुनुहुन्छ । घर पुरै भत्केको छ, कहा बस्ने तर बाच्नु त पर्यो नि । डर त्यति लाग्दैन उहाँलाई, किनकी मसगं केही छैन चोरी डकैती हुनलाई । उहाँ भन्नुहुन्छ, ‘एक्लो जिवन त्यसैले यो घरलाई टालटुल गर्छु भनेर माटो बोक्दैछु तर कहिले टालेर सक्छु थाहा छैन् । पीडाले उहाँको आखाभरि आसु छ तर हसिलो अनुहारले आफ्नो पुरै भत्केको घर देखाउनु हुन्छ ।
उहाँमा पनि अबको आस रेडक्रससँग छ । ‘हामी सबैको कल्याण गरी दिनु पर्यो, हामी मिहिनतले हाम्रो घर बनाउछम, सहयोग त गरिदिनुस,’ अर्की पीडित बर्मा नन्द गिरीले भन्नुभयो, ‘सरकारवाट आश छैन त्यसैले दुई हात जोडेर रेडक्रस गुहार लगाएका हौं । भुकम्पवाट बचिम, अब चिसोले मर्न बाध्य हुदैछम, बचाइ दिनोस,’ बर्माले भन्नुभयो । राहत वितरण गर्दा जो साच्चैनै प्रभावित हुन, त्यहाँसम्म पुग्नुपर्छ र पीडितले पाउनु पनि पर्छ । यस्तो राहतमा कसैको नियत विग्रिन्छ भने उसलाई कानुनी कर्वाहीको दायरामा उभ्याउन जरुरी छ । सरकारले बझाङ्ग हकमा बजेट निकासा गरेको स्थानीयलाई जानकारी नभएको जुन गुनासोे देखिएको छ, यस्को तत्कालै सुनुवाइ हुन जरुरी छ ।
के जाजरकोटको भुकम्पले बझाङ्ग जिल्ला ओझेलमा त परेन ? पहुच नपुगकै हो त ? बझाङ्गको व्यथा उस्तै छ, राहत नपाएको गुनासो उत्तिकै छ । स्थानीयले राहत रेडक्रस र टिकटकर अंशु बर्माले दियो भन्ने तर अरुले केही दिएनन भन्नु, सबै राजनितीकर्मी पुगेको तर राहत नपुगेको गुनासो प्रष्ट देख्न सकिन्छ । भुकम्पले पार्टी छुटाएन, तर राहत वितरण गर्नेले पार्टी छुट्टयाएर वितरण गरे भन्ने बझाङ्गवासीको गुनासो छ । यसतर्फ सवैको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्